केदार घिमिरेले किन मागे माफी ?
काठमाडौं । कलाकार केदार घिमिरेले आफ्नै फेसबुकपोष्टप्रति माफी मागेका छन् । केही दिन अगाडि ट्राफिक प्रहरीले बाइक राकेको तस्बिर खिचेर उनले पोस्ट गरेका थिए ।
बाइकमा बस्ने दुवैजनाले हेलमेट लगाएका थिए । तर, पनि ट्राफिकले किन रोेकेको होला भन्दै उनले उक्त फोटो पोस्ट गरेका थिए ।
“क्षमा चाहन्छु, घटना के भएको थियो भने म कृष्णपाउरोटी चोकमा रोकिइरहेको बेला एकजना ट्राफिक प्रहरीले दुई जना केटा र केटी जो दुवै जानाले हेल्मेट लगाएर चढेको बाइकलाई बाटो छेकेर साइड लगाए के चाहिँ गल्ती गरेछन् त ? भन्ने चासो भएर यसो फोटो खिचेँ,” केदारले भनेका छन्, “र, उत्सुकता साथ हेरिरहेँ । बाइकको लुकिङ ग्लास फनफनी घुम्ने खालको थियो (कहिँ ठोकिएर भाचिएको हो कि जस्तो लाग्ने) ट्राफिकले हातले अर्कातिर फर्केको लुकिङ ग्लास घुमाए अनि मुसुक्क हाँसेर केही कुरा सोधे । के सोधे परबाट थाहा भएन ।”
“रोचक दुईवटा कुरा थियो एउटा दुवैजनाको टाउकामा हेल्मेट थियो जुन काठमाडौंमा अनिवार्य छैन । र, अर्को ट्राफिक साथीको मुस्कान (साच्चिकै मुस्कानसहितको सेवा) थियो । बाइकमा सवार व्यक्तिको गोपनीयताको ख्याल गर्दै नम्बरप्लेट ढाकेँ । ट्राफिक प्रहरीको मनोबल उच्च होस् भन्ने हेतुले ट्राफिक नियमको पालना गरौँ भन्ने जनचेतनामुलक सन्देश लेखेन् अनि चलाचित्र जेरी अन टपको प्रचार समेत हुनेगरी फोटो पोस्ट गरेँ,” केदारले अगाडि लेखेका छन्, “तर उक्त फोटोलाई अन्य व्यक्ति र पेजहरूले समेत विभिन्न अर्थ लाग्ने गरी पोस्ट गरिरहेको देख्दा मलाइ अत्यन्त दुःख लागेको छ । साथै यसबाट हुन् गएको मानमर्दनप्रति क्षमा प्रार्थी छु ।”



