आजबाट हलमा चलचित्र ‘परान’
काठमाडौं । चलचित्र ‘परान’ आजबाट प्रदर्शनमा आएको छ । दीपकप्रसाद आचार्य (काकु)को निर्देशनमा बनेको चलचित्र ‘परान’ आजबाट प्रदर्शनमा आएको हो ।
चलचित्रले सन्तोषजनक शो पाएको छ । चलचित्रले देशभर ६४ भन्दा बढी शो पाएको छ ।
भावनात्मक पारिवारिक कथानक बोकेको यो चलचित्र नेपाली बक्सअफिसमा पारिवारिक दर्शकलाई ठूलो संख्यामा आकर्षित गर्ने निर्माणपक्षले बताएको छ ।
बाइस्कोप सिनेमाको ब्यानरमा निर्माण भएको चलचित्रमा नीर शाह, मदनकृष्ण श्रेष्ठ, पूजा चन्द, केकी अधिकारी, महेश त्रिपाठी, अन्जना बराइली, प्रविण खतिवडा, बुद्धि तामाङ, यासेली योङहाङ, बबिन राई, पुष्पराज ओझा, सीमा काफ्ले, दमन रुपाखेती, यमन श्रेष्ठ, सुव्रतराज आचार्य, सुरेश थापा, विनोद राई, तथा बाल कलाकार आर्यदीप आचार्यको अभिनय रहेको छ ।
रिदम कँडेलको संगीत, प्रमोद खरेल, पुष्पन प्रधान र रचना रिमालको स्वर रहेको गीतहरू, शिवराम श्रेष्ठको छायांकन तथा मित्र डी. गुरूङको सम्पादन रहेको फिल्म ‘परान’लाई बाइस्कोप सिनेमा प्रालिले निर्माण गरेको हो ।



