फ्राइडे रिलिजमा ‘जारी २’ र ‘मन बिनाको धन’ हलमा
काठमाडौं । फ्राइडे रिलिजमा आज दुईवटा नेपाली चलचित्र रिलिज भएका छन् । ‘जारी २’ र ‘मन बिनाको धन’ प्रदर्शनमा आएका हुन् ।
उपेन्द्र सुब्बा लिखित तथा निर्देशित ‘जारी २’मा दयाहाङ राई, मिरुना मगर तथा विजय बरालको प्रमुख भूमिका रहेको छ । यो सिनेमालाई रामबाबु गुरुङ, मधु मिजार र जीवन गुरुङले निर्माण गरेका हुन् ।
बाँसुरी फिल्म्स र कबड्डी फिल्म्सको ब्यानरमा निर्माण भएको यो फिल्म यो वर्ष व्यापार गर्ने फिल्मको श्रेणीमा राखिएको छ । सिनेमामा बुद्धि तामाङ, ऋचा शर्मा, पुष्कर गुरुङ, प्रेम सुब्बा, माओत्से गुरुङ, मानहाङ लावती, विष्णु मोक्तान, कमलमणि नेपाल, अनिल सुब्बा, रेखा लिम्बु, बेदना राई र सिर्जना निङ्लेखुको पनि अभिनय छ ।
‘मन बिनाको धन’लाई टंक बुढाथोकीले निर्देशन गरेका छन् । यो चलचित्रमा अशोक दर्जीको मुख्य भूमिका रहेको छ ।
टंक बुढाथोकीको निर्माण तथा निर्देशन रहेको ‘मन बिनाको धन’चलचित्रलाई टंक बुढाथोकी आफैँले लेखेका हुन् । पटकथा र संवाद शिवम अधिकारीले लेखेका छन् ।
चलचित्रमा अशोक दर्जीसँगै सरोज खनाल, सन्तोष पन्त, रमा थपलिया, नीता ढुंगाना, भोला सापकोटा, बुद्दि तामाङ, रमेश विश्वकर्मा, रवीन्द्र झालगायत कलाकारको अभिनय रहेको छ ।



