प्रेम पीडा बोल्ने ‘पीडाले थिचेको मान्छे’ सार्वजनिक

काठमाडौं । गायक प्रमोद खरेलको स्वरबद्ध गीति भिडियो ‘पीडाले थिचेको मान्छे म’ सार्वजनिक भएको छ । ऋषि खड्काको शब्द तथा संगीत समावेश गीतलाई कमल सौरागले एरेञ्ज गरेका छन् ।

बिहिबार निर्माण ब्यानर छत्रेश्वरी म्यानेजमेन्टको अफिसियल च्यानल ‘सिएम डिजिटल’ मार्फत युट्यूव प्रिमियर गरिएको गीतले विछोडको पीडामा परेको प्रेमीले प्रेमिकाको सम्झनामा व्यक्त गरेका मर्मस्पर्शी भावनालाई सम्बोधन गर्छ । भिडियोमा अभिनेता विराज बिष्ट र डेब्यू मोडल गीता पन्थी फिचर्ड छन् ।

राष्ट्रिय चलचित्र पुरस्कार विजेता चलचित्र ‘बुलाकी’का अभिनेता तथा निर्माता बिष्ट मोडलिङमा पनि निरन्तर सकृय छन् । बिष्टको नयाँ चलचित्र ‘महाराजधिराज’ निर्माणको चरणमा छ ।

श्याम तामाङले छायांकन गरेको भिडियोमा सम्पादन तथा कलरिङ मिलन विश्वकर्माले गरेका छन् । सिर्जन बरालले यो भिडियोलाई निर्देशन गरेका हुन् ।

यो गीतको भिडियोलाई पर्यटकीय स्थलहरू सैलुङ, दोलालघाट, मुढे लगायतमा छायांकन गरिएको छ ।