१५ कलाकार, निर्माता र प्राविधिकलाई ‘सांस्कृतिक रूपान्तरण सम्मान तथा पुरस्कार’ (सूचीसहित)
काठमाडौं । संविधान दिवस २०८२ को अवसरमा चलचित्र विकास बोर्डले नेपाली चलचित्र क्षेत्रको सामाजिक तथा सांस्कृतिक रूपान्तरणमा योगदान पुर्याएका १५ जना वरिष्ठ तथा युवा कलाकार, निर्माताक्षेत्रका व्यक्तित्व र प्राविधिकलाई ‘सांस्कृतिक रूपान्तरण सम्मान तथा पुरस्कार’ प्रदान गरेको छ ।
कार्यक्रममा प्रमुख अतिथि सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले नेपाली चलचित्र क्षेत्रलाई देशको सांस्कृतिक शक्ति र अन्तर्राष्ट्रिय पहिचानको माध्यमका रूपमा प्रस्तुत गर्दै, बोर्डका अध्यक्ष दिनेश डिसीको नेतृत्व र क्षमतामाथि कुनै शंका नरहेको बताए ।
कार्यक्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयकी सचिव राधिका अर्यालले चलचित्र क्षेत्रलाई सुदृढ बनाउन सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको बताउँदै, सुधार, सबलीकरण र अन्तर्राष्ट्रियकरणका योजनामा मन्त्रालय सदैव साथ रहने उल्लेख गरिन् ।
कार्यक्रममा सम्मानित १५ जना व्यक्तित्वलाई सचिव अर्यालद्वारा खादा र मन्त्री खरेलद्वारा २० हजार नगद पुरस्कार तथा सम्मानपत्र प्रदान गरिएको थियो । पुरस्कृतहरूमा कलाकार, निर्देशक, सांगीतिक एवं प्राविधिक पक्षका योगदानकर्ता समेटिएका थिए ।
सम्मानित व्यक्तित्वहरू सूची :–
शिव श्रेष्ठ (कलाकार)
सबिता गुरुङ (कलाकार)
तीर्थ थापा (निर्देशक)
यस कुमार (संगीतकार/गायक/निर्देशक)
ध्रुव लम्साल (चलचित्र पत्रकार)
रम्यता लिम्बू (चलचित्र महोत्सव व्यवस्थापक)
सम्झना रौनियार (निर्देशक)
युवराज लामा (निर्माता/निर्देशक)
हेमन्त बुढाथोकी (कलाकार)
किशन पोखरेल (निर्माता)
केशव भट्टराई (कलाकार– मरणोपरान्त)
नाजिर हुसेन (कलाकार)
रिमेश अधिकारी (निर्देशक)
रेनीश फागो (रंग संयोजक/प्राविधिक)
अन्जु पन्त (गायिका)



