राजेश हमाल दिनकै तीनवटा कुखुरा, तीन लिटर दूध र १५ वटा रोटी खान्थे

काठमाडौं । महानायक राजेश हमाल रेस्लर दाह्रासिंहका ठूला फ्यान हुन् । त्यसैले उनको व्यक्तिगत जीवनमा पनि ठूलो प्रभाव परेको थियो ।

त्यो बेला नेपालका सिक्स प्याकको चलन थिएन । तर, राजेश हमाल दाह्रासिंहको सिक्स प्याक देखेर त्यसको फ्यान भए । त्यसैले आफ्नो ज्यान पनि सिक्स प्याक बनाउनतिर लागे ।

“भयो नि ! त्यो बेला अहिलेको जस्तो सिक्सप्याकको फेसन थिएन । ठूलो नै बलियो भन्ने थियो । त्यो रेस्लिङ नहेरिन्जेलसम्म म छरितो केटो थिएँ । अहिले जसरी तौलेर मात्रै खान्छु, धेरै खान्नँ, त्यो म्याचपछि यति धेरै खाने भएँ कि देख्नेहरू अचम्म मान्थे,” राजेश हमालको ‘युगदेखि युगसम्म’मा राजेशलाई सोधिएको प्रश्न ‘नाटक भन्ने लागे पनि तपाईंलाई ज्यान त्यत्रै बनाउनुपर्छ भन्ने चाहिँ भयो ?’ भन्ने प्रश्नमा राजेशले भनेका छन्, “रेस्लरहरूलाई देखिसकेपछि त भात खाने क्रम बढ्यो, रोटी पनि दिनकै १४–१५ ओटा पुगे । ब्रेड पनि सिङ्गै खाने भएँ ।”

दश कक्षा पास गरेपछि राजेश नवलपरासी हजुरआमाकहाँ गए । उनी भैंसी र गाईको दूध मात्रै दिनको तीन लिटर खान्थे ।

उनले भनेका छन्, “एकै दिनमा तीन ओटासम्म ससाना कुखुरा खाएको छु । त्यस्तो गर्मीमा त्यतिका अन्डा, दूध, कुखुरा खाएपछि नाकबाट रगत आउन थाल्यो ।”

त्यसपछि राजेशलाई डाक्टरले त्यति धेरै नखान सुझाव थिए । “गाउँको हेल्थ पोस्टको इन्चार्जलाई बोलाएर यस्तो भयो भनेपछि उहाँले मलाई दिनको एउटा कुखुरा मात्रै खान भन्नुभयो,” राजेश भन्छन् ।

हजुरआमाकामा बस्दा गाउँभरीका कुखुरा खाइसकेका थिए । “परीक्षा सकिएर गएकाले नवलपरासीमा लामै समय बसेको थिएँ । सुरुमा जानेबित्तिकै आफ्नै घरमा भएका कुखुरा खाएँ । ती सिद्धिए,” राजेशले भने, “त्यसपछि छरछिमेकका सिद्धिए । त्यति बेला अहिले जस्तो व्यावसायिक रूपमा कुखुरा पालिँदैनथे । घरगाउँमा आफू र परपाहुनालाई खुवाउन पालिन्थ्यो । गाउँका कुखुरा सबै सकिएपछि अरु गाउँका कुखु