प्रेम कथानक चलचित्र ‘कुमारी’को छायांकन सम्पन्न
काठमाडौं । दिनेश राउतको निर्देशनमा बनिरहेको प्रेम कथानक नेपाली चलचित्र ‘कुमारी’को सम्पूर्ण छायांकन सकिएको छ । भदौ १७ गतेदेखि सुरु भएको छायांकन प्रक्रिया शनिबार सकिएको हो ।
यो चलचित्रबाट अबिषेक खड्का र आकृति राजभन्डारीले प्रमुख भूमिकामा डेब्यु गरेका छन् । उनीहरूसँगै घनश्याम जोशी, सुनिता श्रेष्ठ, आकांक्षा कार्की, मधु खड्का, सनम श्रेष्ठ, सकु शाह, सरोज लामिछाने, मनीषा शर्मा र भूपी लुहार चलचित्रमा देखिनेछन् ।
चलचित्रको छायांकन निर्देशन सुसन प्रजापतिले गरेका हुन् । निर्माण बिनिश इन्टरटेन्मेन्टले पिक्चर फ्रेमसँग सहकार्यमा गरेको हो भने निर्माता महेन्द्र अधिकारी हुन् । चलचित्रको स्क्रिप्ट विकास सुवेदीले लेखेका हुन् ।
निर्माण टिमका अनुसार ‘कुमारी’ यही वर्षभित्र नै प्रदर्शन गर्ने लक्ष्य रहेको छ । छायांकन सकिएको घोषणा सँगसँगै निर्माण पक्षले अब पोस्ट–प्रोडक्सनमा पूर्ण फोकस गर्ने बताएको छ ।



