‘परान’मा नीर शाहजत्तिकै सशक्त महेश त्रिपाठी
काठमाडौं । चलचित्र ‘परान’मा नीर शाहको हाइहाइ हुँदा यो सिनेमाका अन्य कलाकार छायामा परेका छन् । नीर शाहको जत्तिकै सशक्त अभिनय गरेका अन्य कलाकार पनि छायामा परेका छन् ।
यसको एउटा उदाहरण हुन्, नीर शाहको कान्छो छोराको भूमिकामा अभिनय गरेका महेश त्रिपाठी । उनको पनि सिनेमा हेर्नेहरूले तारिफ गरेका छन् । तर, तारिफ पाए पनि उनी छायामा परेका छन् ।
महेश कान्छो छोराका रुपमा त्यति नै सशक्त छन्, जति महेश छन् । महेश र नीर शाह नै यो सिनेमाको केन्द्रीय चरित्र हुन् । उनीहरूले नै यो सिनेमाको कथा भन्छन् । त्यसैले सिनेमाको कथा नीर र महेशले सशक्त रूपमा अगाडि बढाएका छन् ।
महेश तिनै अभिनेता हुन्, जसले यसअघि ‘लाज शरणम्’मा पनि तारिफ बटुलेका थिए । चलचित्र औसत मात्रै हो भनेर समीक्षा आइरहँदा महेशको अभिनयको तारिफ भएको थियो ।
यस्तै उनको तारिफ ‘चपली हाइट–३’मा पनि भएको थियो । ‘हल्कारा’मा पनि उनको अभिनयको खुलेर तारिफ भएको थियो । यो सिनेमाले त विभिन्न अन्तर्राष्ट्रिय अवार्ड समेत जितेको थियो ।
महेशले एकपछि अर्को सिनेमामा तारिफ बटुलिरहेका छन् । उनी अहिलेका सबैभन्दा धेरै व्यस्त कलाकार हुन् ।
कात्तिक १४ गते रिलिज भएको चलचित्र ‘परान’लाई दीपक प्रसाद आचार्यको निर्देशन गरेका छन् । सिनेमाको कथा पनि उनी आफैँले लेखेका छन् ।
यो चलचित्रको मुख्य भूमिकामा नीर शाह र महेश त्रिपाठी सँगै पूजा चन्द, मदनकृष्ठ श्रेष्ठ, केकी अधिकारी, अञ्जना बराइली, प्रविण खतिवडा, बुद्धि तामाङलगायतका कलाकारको पनि अभिनय छ ।



