विवाह बन्धनमा बाँधिदै गायिका सुनिता दुलाल

काठमाडौं । लोकदोहोरी गायिका सुनिता दुलाल विवाह बन्धनमा बाँधिने भएकी छन् । राजेश केसीसँग उनले लगनगाँठो कस्न लागेकी हुन् ।

यही मंसिर १३ गते उनले काठमाडौंको ग्रान्ड नर्लिङ होटेल एन्ड रिसोर्ट मुलपानीबाट विवाह हुन लागेकी हुन् ।

सञ्चारकर्म हुँदै गायनमा प्रवेश गरेकी सुनिता लामो समयदेखि गायनमा सक्रिय छिन् । लोक, लोकदोहोरी र तीज गीतको गायनमा उनी लोकप्रिय छिन् ।