को हुन् साम्राज्ञीमा हुनेवाला दुलाहा ?
काठमाडौं । अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहले इन्गेजमेन्ट गरेकी छन् । उनले सोमबार आफ्नो जन्मदिनमा इन्गेजमेन्ट गरेको घोषणा गरेकी हुन् ।
अभिनेत्री साम्राज्ञी इन्स्टाग्राममार्फत केही तस्बिरहरू सार्वजनिक गर्दै आफ्नो इन्गेजमेन्टको जानकारी दिएकी छन् ।
उनले इन्स्टाग्राम पोस्टमा इन्गेजमेन्ट भएको घोषणा गरे पनि हुनेवाला श्रीमानको नाम भने खुलाएकी छैनन् । तर, उनले विशाल खरेलसँग इन्गेजमेन्ट गरेकी हुन् । विशाल तीनै व्यक्ति हुन्, जो सँग उनले केही समययता सहकार्य गर्दै आएकी छन् ।
एक वर्ष अगाडि साम्राज्ञी र विशालले पहिलोपटक ‘मालती’ बोलको गीतमा सँगै काम गरेका थिए । त्यहीँबाट उनीहरू नजिकिएका थिए । त्यसको दुई महिना पछि नै ‘हारेँ हारेँ’बोलको गीतमा पनि साम्राज्ञी र विशाल देखिएका थिए ।
थाइल्यान्डमा खिचिएको उक्त गीतको भिडियोमा उनीहरू निकै हट एन्ड बोल देखिएका थिए । त्यहीँबाट उनीहरू निकट भएको बताइएको छ । दुईवटा गीतको भिडियो फरक फरक समयमा आए पनि एकैपटक खिचिएको थियो । निकै मंहगो बजेटमा बनेको भिडियो थिए, ती ।
साम्राज्ञीले सार्वजनिक गरेका तस्बिरहरूमा उनी निकै खुसी देखिएकी छन् । इन्गेजमेन्टका फोटोमा उनले हीराको औंठी लगाएकी छन् ।
‘जसका लागि मैले प्रार्थना गरेँ, मेरो भाषा बुझ्ने, शान्त र कोमल आत्मा–शब्दहरूले कहिल्यै समेट्न नसक्ने गरी म तपाईंप्रति कृतज्ञ छु । तपाईँका आँखाले मेरा आँखासँग जुन जादू मिसाउँछन्, त्यो मौन वार्तालाप जसले धेरै कुरा भन्छ,’ साम्राज्ञीले इन्गेजमेन्टका तस्विरसँगै एउटा प्रेमिल पोस्ट लेखेकी छिन्, ‘फेरि नफुत्कियोस् भनेर मेरो हात मजबुतसँग समाइदिएकोमा धन्यवाद । तपाईँले मलाई माया गर्न सजिलो हुन्छ भन्ने सम्झाउनु भयो । मेरो मुटुसम्म पुगेर दयालु, करुणामय र कोमल बन्दै, ‘सधैँ र सदाको लागि’ हुन्छ भनिदिएकोमा धन्यवाद ।’
साम्राज्ञी नेपाली चलचित्र उद्योगी हट एन्ड बोल्ड नायिका हुन् । उनी स्पष्टवक्ता पनि हुन् । ड्रिम्सबाट चलचित्र नगरीमा प्रवेश गरेकी उनले अभिनय गरेका १० वटा सिनेमा रिलिज भइसकेका छन् । ‘ए मेरो हजुर २’, ‘इन्टु मिन्टु लन्डनमा’, ‘नांगो गाउँ’लगायत उनका चलेका चलचित्र हुन् ।



