‘परान’ हेरेपछि हिमानीले भनिन्– नेपालको यथार्थ यही हो
काठमाडौं । पूर्वयुवराज्ञी हिमानी शाहले चलचित्र ‘परान’ हेरेकी छिन् । सोमबार राति ८ बजे दरबार सिनेप्लेक्समा उनले ‘परान’ हेरेकी हुन् ।
‘परान’ हेरेपछि उनले चलचित्रले नेपालको यथार्थ उठान गरेको बताइन् । उनले भनिन्, “अहिलेको अवस्थामा नेपालको यर्थार्थ यही हो । नेपालीहरु विदेश पलायन भइराखेको अवस्था छ । परान हेर्नेहरुले नेपालको यथार्थ भेट्नुहुनेछ ।”
शाह आफ्ना केही आफन्तका साथमा हलमा पुगेकी थिइन् । ‘परान’ तेस्रो सातामा पुग्दा १० करोड माथि ग्रसकलेक्सन गरिसकेको छ ।
दीपक प्रसाद आचार्य निर्देशित ‘परान’मा नीर शाह, मदनकृष्ण श्रेष्ठ, पूजा चन्द, केकी अधिकारी, प्रवीण खतिवडा, अञ्जना बराइली, महेश त्रिपाठी, बुद्धि तामाङलगायतको अभिनय रहेको छ ।
चलचित्रमा रन्जित आचार्य र शेखर गोल्छा लगानी छ ।



