लण्डनबाट सुरु भयो ‘विक्रम’ को छायाकंन

काठमाडौं । नयाँ नेपाली चलचित्र ‘विक्रम’को छायांकन सुरु भएको छ ।

विक्रम जोशीको निर्देशनमा निर्माण हुन लागेको चलचित्रको छायांकन बेलायतको लण्डनदेखि सुरु भएको हो ।

महारानी प्रोडक्सन युके, फिल्म फ्याक्ट्री युके र संस्कृति क्रिएशन्स नेपालको संयुक्त ब्यानरमा निर्माण हुन लागेको यो चलचित्रको ९० प्रतिशत छायांकन बेलायतमा र बाँकी १० प्रतिशत छायाँकन नेपालमा गरिनेछ ।

‘संस्कृति क्रिएशन्स नेपाल’ न्यौपानेको कम्पनी हो । चलचित्रकी निर्माता हिरल जोशी रहेकी छिन् ।

सुरेश न्यौपाने एसोसिएट निर्देशक रहेको चलचित्रमा अभिनेता सलोन बस्नेत र निर्देशक विक्रम जोशीका अलावा विदेशी कलाकार नादेशि हप्किन्सको मुख्य भूमिका रहनेछ ।

सागर प्याकुरेलको लेखन रहेको चलचित्र ‘विक्रम’मा सौरभ लामाको डि.ओ.पी र ईश्वर सिन्केमानाको छायांकन रहनेछ ।

केही समयअघि निर्माण टिमले यो चलचित्रको फस्टलुक पोस्टर सार्वजनिक गरेको थियो । सार्वजनिक पोस्टरमा कलाकारको लुक्स हेर्दा फिल्म बक्सिङ खेल वा एक्सन विधामा आधारित रहेर निर्माण हुन लागेको अनुमान लगाउन सकिन्छ ।