‘लोकन्ती’को रोमान्टिक गीत ‘लाजै नमानी’ सार्वजनिक

काठमाडौं । यहि मंसिर २६ गते शुक्रबारदेखि देशभर प्रदर्शन हुने चलचित्र ‘लोकन्ती’ को रोमान्टिक गीत सार्वजनिक गरिएको छ ।

कृशन फिल्म्सको ब्यानरमा निर्माण भएको चलचित्रको सार्वजनिक गीतमा मेलिना राई र नारायण थापाको स्वर रहेको छ । गीतका शब्द शंकर अधिकारीले लेखेका हुन् भने विकास चौधरीले संगीत गरेका छन् ।

सार्वजनिक रोमान्टिक प्रेमिल ‘लाजै नमानी’ बोलको गीतमा चलचित्रका मुख्य कलाकार कुमार न्यौपाने र विमला लिम्बु फिचर्ड छन् ।

काजी लिम्बुले लेखेको कथा ‘लोकन्ती’ चलचित्रलाई निर्देशक रञ्जित रानाले पूर्ण पारिवारिक ड्रामाको रूपमा पेश गरेका छन् ।

चलचित्रमा अभिनेता एसराज गराच मुख्य भूमिकामा देखिँदैछन् ।

चलचित्रका निर्माता सन्तोष न्यौपाने हुन् । एसराजसँगै अभिनेत्री तथा मोडल ऋचा थापाको अनस्क्रिन केमिस्ट्री रहेको छ साथै, विमला लिम्बु, कुमार न्यौपाने र विकाश अधिकारी, दमन रुपाखेती, गोविन्द प्रभात लगायत कलाकारहरूको मुख्य भूमिका रहेको छ ।

यसै चलचित्रमार्फत कुमार न्यौपाने र विकाश अधिकारीले अभिनय यात्राको सुरुवात गरिरहेका छन् । संगीत निर्देशनमा विकास चौधरी, छायांकनमा रोनिश तामाङ च्याङ्बा, शृंगार अशोक रोक्काको रहेको छ भने सम्पादन गौतम राज खड्काले गरेका हुन् ।

चलचित्रमा शंकर अधिकारी,डा.ओम कृष्ण प्रसाईं,दिपेन्द्र खड्का र सन्दीप डाँगीको गीत रहेको छ ।

काभ्रे जिल्लाका वास्तविक र प्राकृतिक लोकेशनमा छायांकन गरिएको ‘लोकन्ती’ ले पारिवारिक प्रेमकथाभित्र लुकेका सामाजिक संवेदनाहरू उजागर गर्ने लक्ष्य लिएको छ ।

काभ्रे जिल्लाका वास्तविक र प्राकृतिक लोकेशनमा छायांकन गरिएको ‘लोकन्ती’ ले पारिवारिक प्रेमकथाभित्र लुकेका सामाजिक संवेदनाहरू उजागर गर्ने लक्ष्य लिएको छ ।