‘आ बाट आमा’को ‘सृष्टिकै पहिलो नाम’रिलिज

काठमाडौं । चन्द्र पन्त निर्देशित फिल्म ‘आ बाट आमा’को ‘सृष्टिकै पहिलो नाम’रिलिज भएको छ ।

गीतको भिडियोमा विपना थापा, पल शाह, प्रदीप रावत, सिम्रन पन्त, उषा उप्रेती, साइग्रेस पोखरेल, गजित बिष्टलगायतलाई देख्न सकिन्छ ।

परदेशिएको छोराको विलौला र आमाको माया गीतको भिडियोमा देखिन्छ । गीतमा शब्द रचना तथा संगीत बाबुल गिरीको छ भने गायन रबी ओडको छ ।

गीत रिलिज कार्यक्रममा फिल्मका निर्देशक चन्द्र पन्तले आफ्नो ड्रिम प्रोजेक्ट रहेको बताए । “यो मेरो ड्रिम प्रोजेक्ट हो”, उनले गीत रिलिज कार्यक्रममा भने, “जुन हामीले धेरै सफलताका साथ सम्पादन गरेका छौँ । आज यो टाइटल सङ आ बाट आमा जनु मैले सुटिङ गर्नुभन्दा पहिलेदेखि नै मेरो ड्रिम प्रोजेक्ट हो भन्थेँ । सोही गीत आज हामीले रिलिज गर्यौं । आशा गछौँ,यो गीत सबैले मन पराइदिनु हुनेछ ।”

निर्देशक पन्तकै कथा तथा पटकथा रहेको यस फिल्ममा विपना थापा, पल शाह, प्रदीप रावत, उषा उप्रेती, सिम्रन पन्त, साइग्रेस पोखरेल, गजित बिष्ट, बेगम नेपालीलगायतले मुख्य भुमिकामा अभिनय गरेका छन् ।

आर्या इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको यो फिल्मको डिओपीमा नवराज उप्रेती रहेका छन् ।

अभिमन्यू निरवीले लेखेको यो फिल्मको संवादमा अमर न्यौपाने, अभिमन्यू निरवी र चन्द्र पन्तले सहकार्य गरेका छन् । लगानी कृष्ण प्रसाद सुवेदी, ओमकार पन्त, प्रकाश जंग कुँवर, ध्रुव प्रसाद न्यौपाने र क्षितिज ढुंगानाले गरेका छन् । कार्यकारी निर्माता करण सिंह रसाली छन् । फिल्मलाई नवराज उप्रेतीले छायांकन गरेका छन् ।