पल र अनिता ‘मर्छु हजुर’ भन्दै

काठमाडौं । अभिनेता पल शाह र अनिता गिरी अभिनीत ‘मर्छु हजुर’ गीतको भिडियो सार्वजनिक भएको छ । बुधवार सुनिल दवाडी नामक युट्युब च्यानलबाट रिलिज भएको हो ।

सुनिल दवाडी प्रस्तुतकर्ता रहेको यस गीतमा गायक धुब्र बिक र गायिका मनिषा सुनारको स्वर ज्ञानेन्द्र गिरीको शब्द, संगीत सुलभ घिमिरेको एरेन्ज, मिक्सिङ र मास्टरिङ छ ।

विक्रम चौहानले कोरियोग्राफर तथा निर्देशन गरेको भिडियोमा अभिनेता पल शाह र अनिता गिरीको जोडीलाई देख्न सकिन्छ । एकअर्काबीचको मायामा गढिएका युवायुवतीको कथामा गीतको भिडियो निर्माण गरिएको छ ।

यसअघि अनिता गिरीले एक दर्जन भन्दा बढी म्युजिक भिडियोमा अभिनय गरिसकेकी छन् । उनको पहिलो म्युजिक भिडियो भने ‘बैगुनीले गएको थियो छोडेर’रहेको छ । उनी म्युजिक भिडियोमा मात्र सीमित रहेकी छैनन् ।

उनले आधा दर्जन भन्दा बढी नेपाली फिल्ममा अभिनय गरिसकेकी छिन् । फिल्म ‘नम्बरी सुन’, ‘दान्भी’, ‘रावायण’, ‘आउट ल’लगायतमा उनको अभिनय रहेको छ ।