निर्माताले धेरै प्रयास गरे पनि ‘धुरन्धर’माथि लाग्यो प्रतिबन्ध
काठमाडौं । फिल्म ‘धुरन्धर’ भारतीय बक्स अफिसमा ६०० करोड क्लबमा माथि प्रवेश गरिसकेको छ ।
भारतमा यो फिल्मलाई निकै मन पराइएको छ, तर अब यो फिल्म ६ गल्फ मुलुकमा प्रतिबन्धित गरिएको छ । फिल्म निर्माताहरूले धेरै प्रयास गरे पनि फिल्म प्रदर्शनको अनुमति दिइएन ।
रिपोर्टअनुसार, ‘धुरन्धर’ फिल्म बहराइन, कुवेत, ओमान, कतार, साउदी अरब र युएईमा रिलिज भएन । यी देशका अधिकारीहरूले यसलाई ‘एन्टी–पाकिस्तान’ फिल्म भन्दै रिलिज गर्न अस्वीकार गरेका छन् ।
रिपोर्टमा लेखिएको छ, “पहिले नै आशंका गरिएको थियो कि यस्तो हुन सक्छ, किनकि फिल्मलाई ‘एन्टी–पाकिस्तान फिल्म’ मानिएको छ । टिमले प्रयास त गर्यो, तर कुनै पनि देशले फिल्मको विषयवस्तुलाई अनुमति दिएन । यही कारणले ‘धुरन्धर’ कुनै पनि गल्फ देशमा रिलिज हुन सकेन ।”
‘धुरन्धर’ ले भारतमा कुल ४७९ करोड रूपैयाँको कलेक्सन गरिसकेको छ। फिल्म क्रिटिक तरण आदर्शका अनुसार, बिहीबार मात्र फिल्मले २५ करोड ३० लाख कमाइ गरेको छ, जुन यसको ओपनिङ कलेक्सन (२८.६० करोड) भन्दा पनि बढी हो ।
तेस्रो हप्तासम्म फिल्म ९०० करोड क्लबमा पनि प्रवेश गर्न सक्छ। फिल्मका पात्र र गीतहरू लगातार चर्चामा रहेका छन् । फिल्ममा रहमान डकैतको भूमिका निभाएका अक्षय खन्नाको हुक–स्टेप पनि निकै भाइरल हुँदैछ ।
फिल्ममा रणवीर सिंहले एक खुफिया एजेण्टको भूमिका निभाएका छन्, जो अन्डरकभर भएर पाकिस्तानमा मिसनमा जान्छन् ।
आदित्य धरको निर्देशन रहेको यो फिल्ममा रणवीरसँगै अक्षय खन्नाका अलावा आर. माधवन, अर्जुन रामपाल र सारा अर्जुन जस्ता कलाकारहरूको अभिनय रहेको छ ।



