रास्वपाले पाँच कलाकारलाई बनायो समानुपातिक उमेरदवार

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पाँच जना कलाकारलाई समानुपातिकतर्फको उमेरदवार बनाएको छ ।

अभिनेता आशिफ शाह, गायक प्रकाश सपूत, गायिका सत्यकला राई, गायिका तथा चिकित्सक त्रिशला गुरुङ र नायिका रिमा विश्वकर्मालाई रास्वपाले अगाडि सारेको हो ।

आशिफ, प्रकाश, सत्यकला, त्रिशला र रिमालाई रास्वपाको समानुपातिकतर्फको बन्दसूचीमा राखेको हो ।

रास्वपाले निर्वाचन आयोगमा बुझाएको बन्दसूचीमा आशिफको मुस्लिम पुरुष क्लस्टरमा, प्रकाशको नाम पुरुष दलितको क्लस्टरमा राखेको छ । सत्यकला र त्रिशलाको नाम महिला आदिबासी जनजातीको क्लस्टरमा र रिमालाई महिला दलितको क्लस्टरमा राखेको छ ।

यस्तै २०१९ मिस नेपाल विजेता अनुष्का श्रेष्ठ पनि रास्वपाको समानुपातिकतर्फको बन्दसूचीमा परेकी छन् । उनको नाम महिला आदिबासी जनजातीको क्लस्टरमा रहेको छ ।

यो छुट्यो कि

श्रीमान् माओवादी र श्रीमती रास्वपा, यत्तिको वैचारिकता चाहिँ हुनुपर्छ है !