रामनवमीमा ‘हामी तीन भाइ’ आउने

काठमाडौं । चलचित्र ‘हामी तीन भाइ’ आगामी चैत १३ गतेबाट प्रदर्शनमा आउने भएको छ ।

मधुसुदन भट्टराईको निर्देशनमा निर्माण भएको यो सिनोमाको निर्माण टिमले बुधबार एक पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरेको हो ।

रामनवमीको अवसर पारेर प्रदर्शनमा आउने सार्वजनिक पोस्टरमा तीनजना कलाकार रोमान्टिक मुडमा प्रस्तुत भएका छन् ।

विनोद न्यौपाने, फलित राई र कुशल बिष्टलाई एकअर्काबीच आकाशतर्फ हेरेर खुशी मुडमा देखिन्छन् । साथै छेवैमा एउटा भाले उडिरहेको देखिन्छ । साउद उनीहरु कुनै कुरा सफल हुँदाको क्षणमा खुशी देखिएका हुन कि भन्ने अनुमान लगाउन सकिन्छ।

निर्देशक भट्टराईकै कथा रहेको यस चलचित्रको मुख्य भुमिकामा विनोद न्यौपाने, लक्ष्मी वर्देवा, कुशल बिष्ट, आश्मा गिरी, जाहन्वी बस्नेत, फलित राई, राजाराम पौडेल, रविन्द्र झा, बिष्णु सापकोटा (हर्के हल्दार), विकास चापागाँइ शुष्मा निरौला, यादव देवकोटा (सरापे), अन्जु हमाल, तारा शर्मा, पवन के.सी., रमा बिष्ट, विरेन श्रेष्ठ, शुष्मा जिम्बा, खिन्न बहादुर भण्डारी (भोले), गोविन्द प्रसाद पौडेल, भुमिका गिरी, टेकराज पौडेल, अमृतमान महर्जन रहेका छन् ।

प्रसिद्धि सिने आर्टस् प्रालीको व्यानरमा निर्माण भएको चलचित्रको निर्माता त्रिरत्न श्रेष्ठ र मनोज श्रेष्ठ रहेका छन् ।

विक्रम तामाङ कार्यकारी निर्माता रहेको यस सिनोमाको सह–निर्मातामा भक्तलाल श्रेष्ठ, प्रतिमा थापा पोखरेल, दुर्गालक्ष्मी पाण्डे विशेष सहयोगी शम्भु कुमार के.सी.रहेका छन् ।

साजित महत प्रस्तुतकर्ता रहेको यस चलचित्रको पटकथा तथा सम्वाद शिवम् अधिकारीले लेखेका हुन् ।

शिव ढकालले छायांकन गरेको चलचित्रको सम्पादन बनिश शाहले गरेका छन् ।

‘हामी तीन भाई’ करिब २१ वर्षअघि यही नाममा शिव रेग्मीले निर्देशन गरेको चलचित्र हो ।