‘जुनी भर’ मा आनालाई फकाउँदै विनय

काठमाडौं । एक यूवतीको प्रेम भावनालाई सुक्ष्म रुपमा प्रस्तुत गरिएको चलचित्र ‘रमिताको पिरती’ दोस्रो गीत सार्वजनिक भएको छ ।

आगामी माघको २३ गतेबाट रिलिजमा आउने चलचित्रको निर्माण पक्षले सोमबार ‘जुनी भर’ बोलको गीत रिलिज गरेको हो ।

सार्वजनिक गीतमा महेश काफ्लेको शब्द, संगीत र स्वर छ । स्वरमा उनलाई अस्मिता अधिकारीले साथ दिएकी छन् ।

रोमान्टिक शैलीको

चलचित्रका मुख्य दुई कलाकार आना शर्मा र विनय श्रेष्ठलाई यो गीतको भिडियोमा निकै आकर्षक र रोमान्टिक अन्दाजमा प्रस्तुत गरिएको छ । जसमा विनयले फकाउँदै गरेको र आनाले भनेको नमानेको दृश्यलाई देखाइएको छ ।

गीतमा प्रेमको गहिरो भाव व्यक्त गरिएको छ भने भिडियोको सिनेम्याटोग्राफी पनि निकै उत्कृष्ट रहेको छ ।

सुदिप्ताको लेखन र निर्देशनमा तयार भएको यो चलचित्रमा आना शर्मा, धिरज मगर, समीर श्रेष्ठ, विनय श्रेष्ठ, गौमाया गुरुङ, पशुपति राई, रेनु योगीत, गियना, थिन्ले लामो लगायतका कलाकारहरुको अभिनय छ ।

सेरो फिल्मस्को प्रस्तुतिमा निर्माण भएको यो चलचित्रका निर्माता सागर लम्साल हुन् । आना शर्मा र सन्तोष लम्साल कार्यकारी निर्माता रहेको यो फिल्ममा आर.पी प्रोडक्सन एसोसियट निर्माताको रूपमा छ ।

चलचित्रमा सुशान्त केसी, समीर श्रेष्ठ, महेश काफ्ले, अस्मिता अधिकारी र कुशल पोखरेलको संगीत छ ।

शिशिर विशांखेको डीओपी रहेको चलचित्रमा सुनिल सिवाकोटीको सम्पादन, कपिल पराजुलीको कलर, कृतिका बरालको कोरियोग्राफी छ ।

यो चलचित्रलाई काठमाडौँमा रिच इन्टरटेन्मेन्ट र एप्पल इन्टरटेन्मेन्टले वितरण गर्नेछन् भने काठमाडौँ बाहिर एफडी कम्पनीले वितरण गर्नेछ ।