अष्ट्रेलियामा ‘गलबन्दी नाइट’शोको तयारी, कसकसको रहनेछ प्रस्तुति ?

काठमाडौं । अष्ट्रेलियामा ‘गलबन्दी नाइट’सांगीतिक कार्यक्रम हुने भएको छ । यही जनवरी २३ तारिखबाट उक्त कार्यक्रमको आयोजना हुन लागेको हो ।

उक्त कार्यक्रममा गायिका समीक्षा अधिकारी, आमेश भण्डारी र गायक तथा संगीतकार सुवास खत्रीको विशेष प्रस्तुति रहनेछ ।

सुवास खत्री पछिल्लो समय चर्चामा रहेको गीत ‘शिरमा शिरबन्दी’ बोलको गीतबाट चर्चामा छन् ।

आयोजकका अनुसार कार्यक्रम ग्राण्ड प्यालेस फङ्सन, परामाटा रोड, अर्बनमा हुन लागेको हो ।