बलिउड स्टार सञ्जय दत्त काठमाडौंमा
काठमाडौं । बलिउडका चर्चित अभिनेता सञ्जय दत्त बिहीबार साँझ नेपाल आइपुगेका छन् । काठमाडौंको दरबारमार्गस्थित एक नयाँ क्यासिनोको उद्घाटनका लागि उनी नेपाल आएका हुन् ।
बिहीबार साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएका दत्तलाई क्यासिनोका कर्मचारी तथा नेपाली आयोजकहरूले भव्य स्वागत गरेका थिए । स्वागतका क्रममा उनलाई नेपाली पहिचानको रूपमा रहेको ढाकाटोपी लगाइदिएको थियो । ढाकाटोपीमा सजिएका ‘सञ्जु बाबा’ विमानस्थलमा निकै प्रसन्न देखिएका थिए ।
आयोजकका अनुसार संजय दत्त दरबारमार्गमा सञ्चालनमा आउन लागेको नयाँ क्यासिनोको विशेष उद्घाटन समारोहमा मुख्य अतिथिको रूपमा सहभागी हुन यहाँ आएका हुन् । आज राति सो क्यासिनोको औपचारिक उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।
विमानस्थलबाट उनी सिधै होटलतर्फ लागेका छन् । आज राति उद्घाटन समारोहमा सहभागी भई शुक्रबार उनी पुनः भारत फर्कने तालिका रहेको छ ।
नेपालमा सञ्जय दत्तका ठूलो संख्यामा प्रशंसकहरू रहेका छन्, जसका कारण उनको आगमनलाई सामाजिक सञ्जालमा निकै चासोका साथ हेरिएको छ ।



