नेपाली चलचित्रकी प्रथम नायिका भुवन चन्दलाई पतिशोक
काठमाडौं । नेपाली चलचित्रकी प्रथम अभिनेत्री भुवन चन्दलाई पति शोक परेको छ ।
शुक्रबार बिहान अभिनेत्री भुवनका पति माइकल चन्दको ७७ वर्षको उमेरमा निधन भएको हो ।
उनी लामो समयदेखि मुटु सम्बन्धी समस्याबाट पीडित थिए ।
चन्दले रेडियो नेपाल र जर्मन सांस्कृतिक केन्द्र (गोथे इन्स्टिच्युट)मा लामो समय काम गरेका थिए । उनले लामो समय रेडियो नेपालमा अङ्ग्रेजी समाचार वाचकको रूपमा सेवा गरेका थिए ।
स्वर्गीय माइकल चन्दको वास्तविक नाम हरिश चन्द भए पनि सञ्चार र कला क्षेत्रमा उनी ‘माइकल चन्द’ नामले परिचित थिए ।
उनको अन्त्येष्टि शनिबार मात्र गरिने परिवार जनले जनकारी गराएका छन् ।
भुवनका र माइकलका ३ छोरी रहेका छन् ।



