‘संगी’ मा पल र सजिना रोमान्टिक
काठमाडौं । गायक शान भुषालको स्वरमा तयार भएको नयाँ रोमान्टिक गीत ‘संगी’ सार्वजनिक भएको छ ।
निकै कर्णप्रिय रहेको गीतको अडियोमा कपिलराज गिरिको शब्द र शानको नै संगीत छ । गीतमा शानलाई फिमेल आवाजमा सलिना बिकेले साथ दिएकी छिन् ।
गीतको भिडियोमा पल शाह र सजिना श्रेष्ठ फिचर रहेका छन् । मनाङ्गको सुन्दर दृश्यमा खिचिएको भिडियोमा दुवैको जोडी निकै आकर्षक देखिएको छ ।
मनाङ्गमा ५ दिन लगाएर खिचेको भिडिओको मेकिङ्ग उच्च देखिएको छ । खराब मौसमको बीचमा टिमले गरेको मिहेनत भिडियोमा स्पष्ट देख्न सकिन्छ ।
पल र सजिनाको केमेष्ट्री जति आकर्षक देखिएको छ, मनाङ्गका दृश्यमा दुवैलाई सुन्दर देखाउन छायाँकारले गरेको मिहेनत पनि उत्तिकै देखिएको छ ।
किरण थापाको निर्देशन र कोरियोग्राफी रहेको भिडियोलाई पवन सुस्लिङ्गले खिचेका छन् । पवनले नै सम्पादन गरेको भिडियोको सम्पादनमा उनलाई प्रवेश खत्रीले साथ दिएका छन् ।



