वेबसिरिज ‘साहुबा’को ‘बदला’मा थ्रिलरसँगै एक्सन र सस्पेन्स
वेबसिरिज ‘साहुबा’को प्रोमोसनल भिडियो ‘बदला’सङ सार्वजनिक भएको छ । मिस्टर डीको लेखन र प्रस्तुति रहेको प्रोमोसनल भिडियो सङले वेबसिरिज कस्तो बनेको छ भन्ने छनक दिएको छ ।
थ्रिलर, ड्रामा र एक्सन देखिएको भिडियोमा वेवसिरिजका केही कलाकार छन् । प्रियंका कार्की, केविता नेपाली, सरिता गिरी, नम्रता श्रेष्ठ, बिुज पार्कीलगायत कलाकार छन् ।
भिडियोमा एक्सन ड्रामा र थ्रिलर छ । छोटो भिडियोले थ्रिल महसुस गराउँछ । वेबसिरिजले बदलाको कथा भन्छ । मन नहुँदा नहुँदै पनि बदलिरहेको मान्छेका मन र घडीको सेकेन्ड सुइम हिँडिरहेको आधुनिक समाजको कथा यसले भन्ने प्रष्ट पारेको छ ।
घडीको सेकेन्ड सुइमा बदलाले मान्छेको जिन्दगीको अन्त्य भइरहेको कुरा गीतले संकेत गरेको छ । बदला लिन बाध्य बनाउने समाजको कथा भन्ने संकेत गरेको प्रोमोसनल सङले मान्छे बदलिएको छैन भन्न पनि नछोड्ने तर प्रत्येक पदचापमा बदिलरहेको पछिल्लो परिवेशलाई वेबसिरिज ‘साहुबा’ले भन्ने छनक प्रोमोनल सङका शब्द र यसको भिडियोले बताएको छ ।
मायामा हुने छलपकपट र धोकाधडीका कारण मान्छेको मनमा उब्जिने बदलाको भाव र त्यसले सिर्जना गरिरहेको हत्यालाई यो वेब सिरिजको कथा हुने प्रोमोसनल भिडियोले संकेत गर्छ । क्राइम र सस्पेन्सले दर्शकको ध्यान खिच्ने उद्देश्य रहेको भिडियो हेर्दा बुझ्न सकिन्छ ।
निर्माण पक्षका अनुसार २४ एपिसोडको सिरिजमा ३८० भन्दा बढी कलाकारको अभिनय रहने बताइएको छ ।
‘साहुबा’लाई निर्देशन गरेका छन्, सुजोय योङले । लेखक पनि उनी स्वयं हुन् ।
यो म्युजिक नेपाल र फ्रेम इन मोसनको सहकार्यमा निर्माण भएको हो ।