चलचित्र ‘दिमाग खराब’ युट्युबमा रिलिज

काठमाडौं । निश्चल बस्नेत निर्देशित चलचित्र ‘दिमाग खराब’ युट्युबमा रिलिज भएको छ । ‘दिमाग खराब’ आज युट्युबमा रिलिज भएको हो ।

‘दिमाग खराब’ पोलिटिकल सोसल ड्रामा हो । यसमा राजनीतिक व्यंग्य केन्द्रमा छ ।

खगेन्द्र लामिछाने, दयाहाङ राई, स्वस्तिमा खड्का, अर्पण थापा, विजय बराल, निश्चल बस्नेत, माओत्से गुरुङलगायत कलाकारको अभिनय छ । यो चलचित्र ०८० कात्तिक २४ गतेदेखि हलहरूमा रिलिज भएको थियो ।