अभिनेता सुनील थापाको निधन
काठमाडौं । अभिनेता सुनील थापाको निधन भएको छ । गएराति घरमै उनको निधन भएको हो ।
थापाको निधन भएको कलाकार संघका अध्यक्ष मोहन निरौलाले पुष्टि गरेका छन् । चलचित्र ‘राम नाम सत्य’को सुटिङ सेटबाट अबेर राति अपार्टमेन्टमा आएर सुतेका उनलाई बिहान बेहोस रहेको अवस्थामा थापाथलीस्थित नर्भिक अस्पताल पुर्याएकोमा चिकित्सकतले मृत घोषणा गरेका थिए ।
दर्जनौं चलचित्रमा अभिनय गरेका उनले बलिउडका केही चलचित्रमा पनि काम गरेका थिए ।




