‘स्पिरिचुअल एक्सन ड्रामा’ ‘शिवांश : च्याप्टर १’ आजबाट हलमा

काठमाडौं । चलचित्र ‘शिवांश : च्याप्टर १’ आजबाट प्रदर्शनमा आएको छ । धर्मको खोल ओडेर अपराध कर्ममा संलग्न हुनेको कथा बोकेर आजबाट यो चलचित्र दर्शकमाझ आएको हो ।

जटा भएको अघोरी चरित्रले कसरी भित्रभित्रै अपराध कर्म गर्छ भन्ने यो चलचित्रको कथा रहेको छ । जटाधारी पात्रमा प्रवीण खतिवडा छन् ।

आध्यात्मिक देखिने रहस्यमयी ‘अघोरी’ पात्रको जिन्दगीको उतारचढाव नै ‘शिवांश’को मुख्य आकर्षण हो । चलचित्रमा प्रवीणसँगै तेज गिरी, विमला लिम्बू र रुषा न्यौपानेको मुख्य भूमिका रहेको चलचित्रमा विकास जोशी, प्रदीपकुमार चौधरी, सबिर चुरौटे, उदय कुमार सुब्बा, टीका निरौलालगायत कलाकारले सहकार्य गरेका छन् ।

अञ्जन सिनेमा प्रोडक्सनको ब्यानरमा निर्माण भएको यस चलचित्रको आकर्षण आध्यात्मिक शक्ति प्राप्त गर्ने होडबाजी र त्यसले उत्पन्न गर्ने द्वन्द्व हो ।

‘शिवांश’लाई सन्तोष कुमार आत्रेयले निर्देशन गरेका छन् । चलचित्रको कथा अञ्जान केसीले लेखेका छन् । स्क्रिनप्ले बारत लिम्बूको छ ।

अञ्जान केसी निर्माता चलचित्रको सह–निर्मातामा शोभा भण्डारी र अनिस केसी बोगटी रहेका छन् । चलचित्रका कार्यकारी निर्माता सम्भू थापा हुन् ।

चलचित्रमा विप्लव प्रतीक र राजनराज शिवाकोटीको गीतरचना रहेको छ । न्ह्यू बज्राचार्य र राजनराज शिवाकोटीको संगीत रहेको यस सिनेमाका गीतमा राजनराज शिवाकोटी, मिलन नेवार र समीक्षा अधिकारीको स्वर छ ।

सरद महतोको डीओपी रहेको चलचित्रमा बनिश शाहको सम्पादन, मिलन श्रेष्ठको द्वन्द्व निर्देशन रहेको छ भने विक्रम चोहानको कोरियोग्राफी छ । मिलन मानन्धर प्रोडक्सन म्यानेजरका रूपमा रहेको चलचित्रमा आर्ट डिरेक्टर र प्रोडक्सन डिजाइनरमा प्रतीक चौधरी छन् ।

बारत लिम्बू मुख्य सहायक निर्देशक रहेको सिनेमामा स्क्रिप्ट डक्टरको काम सुलक्षण भारतीले गरेका छन् ।

‘स्पिरिचुअल एक्सन ड्रामा’ ‘शिवांश’ले दर्शकलाई नयाँपन दिने निर्माणपक्षको विश्वास छ ।