‘हामी तीन भाइ’को लिरिकल भिडियो ‘मैले जति दुःख, पीडा, कष्ट पाको भए’ सार्वजनिक

काठमाडौं । चलचित्र ‘हामी तीन भाइ’को लिरिकल भिडियो सार्वजनिक भएको छ ।

महाशिवरात्रीको दिन पारेर निर्माण टिमले ‘मैले जति दुःख, पीडा, कष्ट पाको भए’ बोलको मार्मिक गीत रिलिज गरेको हो ।

सार्वजनिक गीतमा बाबुल गिरीको आवाज छ भने संगीत पनि उनैको रहेको छ । आगामी चैत १३ गतेबाट प्रदर्शनमा आउने चलचित्रको गीतले आफ्नो दुख बेदना र संघर्षको कथालाई सुनाउँछ ।

चलचित्रको केहि कथा भन्न खोजिएको गीतले आफ्नो दुःख कष्ट अरुले पाको भए सायद भगवान पनि रुन्थेँ भन्ने भाव भन्नछ ।

मधुसुदन भट्टराई निर्देशित यस फिल्ममा विनोद न्यौपाने, लक्ष्मी वर्देवा, कुशल बिष्ट, आश्मा गिरी, जाहन्वी बस्नेत, फलित राई, राजाराम पौडेल, रविन्द्र झा, बिष्णु सापकोटा (हर्के हल्दार), विकास चापागाइँ शुष्मा निरौला, यादव देवकोटा (सरापे),अन्जु हमाल,तारा शर्मा,पवन केसी, रमा बिष्ट, विरेन श्रेष्ठ, शुष्मा जिम्बा, खिन्न बहादुर भण्डारी (भोले),गोविन्द प्रसाद पौडेल, भुमिका गिरी, टेकराज पौडेल, अमृतमान महर्जन लगायतको अभिनय छ ।

प्रसिद्धि सिने आर्टस् प्रालीको व्यानरमा निर्माण भएको यस चलचित्रको निर्मातामा त्रिरत्न श्रेष्ठ र मनोज श्रेष्ठ रहेका छन् । विक्रम तामाङ कार्यकारी निर्माता रहेको चलचित्रमा सह–निर्माता भक्तलाल श्रेष्ठ, प्रतिमा थापा पोखरेल, दुर्गालक्ष्मी पाण्डे विशेष सहयोगी शम्भु कुमार केसी रहेका छन् ।

साजित महत प्रस्तुतकर्ता रहेको यस चलचित्रको पटकथा तथा सम्वाद शिवम् अधिकारीले लेखेका हुन् । शिव ढकालले खिचेको यस चलचित्रको सम्पादन बनिश शाहले गरेका छन् भने संगीत साप शक्ति,बाबुल गिरीले भरेका छन् । नृत्य कमल राई इन्द्र देव महर्जन पार्श्व संगीत सम्राट थापा ध्वनी मिश्रण मुकेश शाह,रंग संयोजक रेनिश फागोको छ ।