‘आ बाट आमा’ले आइतबार साँझसम्म कति गर्यो कमाई ?
काठमाडौं । चलचित्र ‘आ बाट आमा’ले नेपाली बक्सअफिसमा अनपेक्षित ग्रसकलेक्सन गरिरहेको छ । आइतबार साँझ ७ बजेसम्म करिब ९ करोड रुपैयाँ ग्रसकलेक्सन गरेको छ ।
“आइतबार साँझसम्म ९ करोडको हाराहारीमा नेपालबााट मात्रै ग्रसकलेक्सन गरेको छ । ९ करोडमा बढीमा एकदुई लाख रुपैयाँ घटी वा बढी हुनसक्छ,” चलचित्र वितरक रोहित कट्टेलले भने, “तर, धेरै तल माथि हुँदैन । हरेक दिन कलेक्सन बढ्दै गएको छ ।
१४ दिनमा यो चलचित्रले घरेलु बक्सअफिसमा ७ करोड ६ लाख रुपैयाँ ग्रसकलेक्सन गरेको छ ।
माघ १६ गतेबाट प्रदर्शनमा आएको यो चलचित्र ‘आ बाट आमा’मा पल शाह, विपना थापा, प्रदीप रावत, उषा उप्रेती, सिम्रन पन्त, साइग्रेस पोखरेल, गजित विष्टलगायतको अभिनय छ ।
‘आ बाट आमा’लाई चन्द्र पन्तले निर्देशन गरेका छन् । कथा पनि निर्देशक पन्तकै छ । अभिमन्यू निरवीद्वारा लिखित संवादमा अमर न्यौपाने, अभिमन्यू निरवी र चन्द्र पन्तले सहकार्य गरेका छन् । चलचित्रलाई नवराज उप्रेतीले खिचेका छन् ।
‘आ बाट आमा’ पल शाहको करियरकै सबैभन्दा हिट सिनेमा बनेको छ । यसअछि पलका कुनै पनि सिनेमाले यति धेरै ग्रसकलेक्सन गरेका थिएनन् ।
यसअघि पलको ‘मोहर’ले पनि राम्रो कलेक्सन गरे पनि यति धेरै कलेक्सन गरेको थिएन । त्यसअघिका पलका दुई चलचित्र ‘मायावी’ र ‘रावायण’ भने बक्सअफिसमा असफल भएका थिए ।
‘मोहर’ र ‘आ बाट आमा’ले बक्सअफिस’का राम्रो कमाइ गर्दा पलको डिमान्ड बढ्ने निश्चित छ ।



