‘धुरन्धर २’का कारण टक्सिकको रिलिज डेट सर्यो, ‘टक्सिक’का कारण ‘मितज्यू’को
काठमाडौं । नेपाली कथानक चलचित्र ‘मितज्यू’को नयाँ प्रदर्शन मिति घोषणा गर्दै दोस्रो पोस्टर सार्वजनिक भएको छ ।
आइतबार नयाँ पोस्टर सार्वजनिक गर्दै निर्माण टिमले जेठ ८ गतेबाट प्रदर्शन आउने जनाएको छ । यसअघि यो चलचित्र जेठ १५ गतेलाई तय गरिएको थियो ।
बलिउड सिनेमा ‘टक्सिक’का कारण यो सिनेमा एक हप्ता अघि सरेको हो । ‘टक्सिक’ पहिले १९ मार्च (चैत ५) मा प्रदर्शन हुने तय गरिएको थियो । सोही मितिमा ‘धुरन्धर’ पनि प्रदर्शन हुने घोषणा थियो । तर ‘टक्सिक’ को निर्माण पक्षले यसको प्रदर्शन मिति ४ जुन (जेठ २१) मा सार्ने निर्णय दुवै चलचित्रबीचको प्रतिस्पर्धा हो ।
‘टक्सिक’का निर्माताहरू मध्य पूर्वमा देखिएको वर्तमान अस्थिरता र तनावपूर्ण अवस्थाका कारण निर्धारित मितिमा रिलिज गर्नु उपयुक्त नहुने निष्कर्षमा निकाल्दै पछि सरेका हुन् ।
नेपालमा ‘टक्सिक’का कारण मितज्यू’को प्रदर्शन मिति सरेको छ । तर, निर्माणपक्षको सिनेमा को प्रदर्शन मिति सर्नु ‘टक्सिक’का कारण हो भनेर खुलाएको छैन ।
‘टक्सिक’ जेठ २१ मा विश्वव्यापी रूपमा प्रदर्शन हुनेछ । यसको ठिक एक हप्ताअघि ‘मितज्यू’को प्रदर्शन मिति तय थियो ।
बलिडका ठूला सिनेमा आउँदा त्यसको असर नेपाली सिनेमाको शो मा देखिने भएकाले वितरक र प्रदर्शकले नै बलिउडका प्रतिक्षित सिनेमासँग नेपाली मेकरलाई आफ्ना चलचित्र नजुधाउन आग्रह गर्ने गरेका छन् । एक हप्ता पछिसम्म पनि बलिउडका ठूला सिनेको शो ठूलो संख्यामा कायमै रहने भएकाले यो सिनेमाको प्रदर्शन मिति अघि सरेको हो ।
दोस्रो हप्तामा हुन सक्ने टक्करका कारण ‘मितज्यू’ लाई अझ एक हप्ता अघि सरेर जेठ ८ गते प्रदर्शन आउन लागेको बुझन सकिन्छ ।
सार्वजनिक पोस्टरमा चलचित्रका मुख्य कलाकार दयाहाङ राई, सौगात मल्ल, तेरिया फौजा मगर, शिशिर वाङ्देल र अर्का एक पात्र देखिन्छन् । जहाँ सौगात मल्ल हातमा भाले च्यापेका छन् । साइडमा पहाडमा गुड्ने गाडी देखिन्छ ।
दयाहाङ एंग्री लुक्समा देखिएका छन् । तेरिया ओड्ने टाउको बेरेर दुखी मुन्द्रामा देखिकी छन् । शिशिर र अर्का एक पात्र उभिएका छन् । छेउमा फुसको छानोवाला घर देखिएका छन् । यले चलचित्रले परिवेश र सामाजिक द्वन्द्वको झल्को देखिन्छ ।
अनिल बुढा मगरको निर्देशनमा निर्माण भएको यो चलचित्रमा दयाहाङ राई, सौगात मल्ल, तेरिया फौजा मगर, पुस्कर गुरुङ, शिशिर वाङ्देल, राज थापा, सुवर्ण थापा, अनु थापा, स्मिता लामिछाने, अरुण पुन मगर, उत्तम राज पाण्डे, सविन कट्टेल, उमेश सोनाम, पवित्रा खड्का, चाहाना राना मगर, अनुशा राई, खड्गबहादुर पुन मगरलगायतको अभिनय रहनेछ। यो चलचित्रबाट तेरिया मगरले अभिनेत्रीका रुपमा डेब्यु गरेकी हुन् ।
जनक घर्ती मगरले लगानी गरेका छन् । यो चलचित्रको सम्पादक लोकेश बज्राचार्य हुने भने छायाकार शिशिर बिशंखे हुन् ।

