बलिउडकी लोकप्रिय अभिनेत्री मधु मल्होत्राको निधन

काठमाडौं । बलिउडकी लोकप्रिय अभिनेत्री मधु मल्होत्राको निधन भएको छ । ७२ वर्षको उमेरमा शुक्रबार उनको निधन भएको हो ।

१९७० र ८० को दशककी चर्चित अभिनेत्री मल्होत्राले ‘हिरो’, ‘कर्ज’, ‘लम्ही जुदाई’, ‘सत्ते पे सत्ता’, ‘कर्ज’, ‘रिश्ता कागज का’, ‘विश्वनाथ’, ‘कयामत’लगायत १०० भन्दा धेरै चलचित्रमा काम गरेकी थिइन् ।

उनी चलचित्र ‘हिरो’को लोकप्रिय गीत ‘लम्ही जुदाई’बाट चर्चामा आएकी थिइन् । सन् ७० र ८० को दशकमा उनी निकै लोकप्रिय थिइन् ।