रास्वपाले समानुपातिक सूचीबाट प्रकाश सपूतलाई गरेन सांसदका लागि सिफारिस

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले समानुपातिक सांसदका लागि ५७ जनाको नाम निर्वाचन आयोगमा बुझाएको छ । रास्वपाले आइतबार समानुपातिक सांसदको नाम आयोगमा बुझाएको सूचीमा गायक प्रकाश सपूतको नाम समावेश छैन ।

यद्यपि, रास्वपाले पठाएको सूची ठिक छ कि छैन भनेर अयोगले रुजु गरेपछि मात्रै यसको अन्तिम टुंगो लाग्नेछ । रुजु गर्दा क्लस्टर अनुसार भएको नपाइएमा आयोगले पुनः सच्याएर पठाउन आग्रह गर्नेछ ।

तर, अब सूचीमा हेरफेर हुने सम्भावना न्यून छ । सूचीमा रीमा विश्वकर्माको नाम भने रहेको छ ।

यस्तो छ, रास्वपाले आयोगमा पठाएको सूची–
खस आर्य
प्रतिभा रावल
रचना खतिवडा
लिमा अधिकारी
विदुषी राणा
समीक्षा बास्कोटा
श्रद्धा कुँवर
टीका सङ्ग्रौला
क्रान्ति शिखा धिताल
आकृति अवस्थी
सृष्टि भट्टराई
मञ्जु भुसाल
प्रभा कार्की
शोभा खनाल
रत्ना कुमारी थापा
ज्ञानु पौडेल
प्रभा ढकाल
रमेश प्रसाईँ

आदिवासी जनजाति
बसुमाया तामाङ
गङ्गा छन्त्याल
सुन्नीमा उदास
अनुष्का श्रेष्ठ
ओजस्वी शेरचन
सिर्जना श्रेष्ठ
रजनी श्रेष्ठ
कुसुम महर्जन
भूमिका श्रेष्ठ
प्रमीला कुलुजु
सुजाता तामाङ
कृपा महर्जन
एलिजा गुरुङ
राम लामा
खुश्बु सरकार श्रेष्ठ
मिङ्मा ग्याबु शेर्पा

मधेसी
पुनमकुमारी अग्रवाल
निशा मेहता
ललिता कुमारी
अंकिता ठाकुर
सरिता महतो
कामिनी कुमारी
पुरुषोत्तम सुप्रभात यादव
खगेन्द्र कर्ण

दलित
रीमा विश्वकर्मा
अमृता विक
सीता बादी
स्मृति सेन्चुरी
सुष्मा स्वर्णकार
तारा विश्वकर्मा
खिमा विक
प्रकाशचन्द्र परियार

थारु
गीता चौधरी
करिस्मा कठरिया
सुरेन्द्र चौधरी
प्रेमलाल चौधरी

मुस्लिम
समिना मिया
अफ्साना बानु
गलाजा शमीम मिकरानी