‘रावायण’को ट्रेलरमा एक्सन, प्रेम र द्वन्द्व

काठमाडौं । भदौ २१ गते रिलिज हुने चलचित्र ‘रावायण’को ट्रेलर रिलिज भएको छ । ट्रेलरमा एक्सन, प्रेम र द्वन्द्वको कथालाई चित्रण गरिएको छ । नायिका पूजा शर्मालाई पत्रकारको भूमिकामा देखाइएको छ । नायक पल शाहले दोहोरो भूमिका निभाएका छन् ।

कार्यक्रममा चलचित्रका कथाकार, निर्माता र निर्देशक सुदर्शन थापाले फिल्मको नाम झट्ट सुन्दा धार्मिक लागे पनि फिल्म त्यस्तो नभएको बताए ।

सुदर्शन थापा प्रोडक्सन र पूजा शर्मा प्रोडक्सनको संयुक्त व्यानरमा बनेको फिल्मकी निर्माता पूजा शर्मा हुन् ।

चलचित्रमा पल शाह, पूजा शर्मा, प्रियंका कार्की प्रमोद अग्रहरी, निकिता चण्डक, प्रकाश शाह, कैलाश रावल, अर्जुनजंग शाही, शर्मिला मल्ल, पदीप ढकाललगायतको अभिनय छ ।

चलचित्रमा सुदर्शन थापाको कथा, शिवम अधिकारीको लेखन छ ।