‘वर एण्ड वधु’ को ‘सिरी सिरी हावा’ मा आँचल र विवेकको केमेष्ट्रीसँगै नोकझोंक

मिलन चाम्सको निर्देशनमा तयार भएको चलचित्र ‘वर एन्ड वधु’को तेस्रो गीत ‘सिरी सिरी’ सार्वजनिक भएको छ ।

यही भदौ १४ गतेदेखि रिलिज हुने चलचित्रको गीतमा सुगम पोखरेल र नेहा करोदेको स्वर, नरेश भट्टराईको शब्द तथा युग भुसालको संगीत रहेको छ ।

कविराज गहतराजले कोरियोग्राफी गरेको यस सिनेमाको गीतमा फिल्मका प्रमुख पात्र आँचल शर्मा र नवनायक विवेक कर्माचार्य फिचर्ड छन् ।

रोमानियामा खिचिएको गीतको भिडयोमा आँचल र विवेको केमेष्ट्रीसँगै उनीहरुको नोकझोंक देखाइएको छ ।

चलचित्रमा आँचल र विवेकसँगै विजय लामा, किरण केसी, सरिता लामिछाने, अन्सु महर्जन, दिनेश काफ्ले, सृष्टि खड्का, हिउँवाला गौतम, गरिमा शर्मा, रविन्द्र खड्का, कुसुम शर्मा, विजु पार्की, हिमेश पन्त लगायतको अभिनय छ ।

एलआरके प्रोडक्शनको ब्यानरमा बनेको चलचित्रमा जानुका थापा निर्माता र डा. अमित रिजाल कार्यकारी निर्मातामा छन् । सिनेमामा सुदिप बरालको छायांकन, प्रदीप भारद्वाजको लेखन रहेको छ ।

यस्तै सिनेमामा मिलन श्रेष्ठको सम्पादन, साहिल खानको ट्रेलर, हिमाल केसीको एक्सन, रविन्द्र न्यौपाने र अनिस स्याङ्देनको कोरियोग्राफी, सन्तोष लामाको कला निर्देशन, अर्जुन पोखरेलको संगीत छ ।