गाउने होइन त ‘रोल नं १’को शीर्ष गीत ?

काठमाडौं । विनोद पौडेलको महत्वाकांक्षी सिनेमा ‘रोल नं १’ले प्लेब्याक सिङगिङ कम्पिटिसन आह्वान गरेको छ । चलचित्रको टाइटल गीतका लागि निर्माणपक्षले प्लेब्याक सिङगिङ कम्पिटिसन आह्वान गरेको हो ।

कम्पिटिसनमा जो प्रथम हुन्छ, उसले ‘रोल नं १’को शीर्ष गीत गाउन पाउनेछ । गीत सिनेमामा समावेश हुनेछ । नयाँ प्रतिभाको खोजी पनि हुने र राम्रो स्वर भएको प्रतिभालाई अवसर पनि दिने उद्देश्यले यो कम्पिटिसन आयोजना गरिएको निर्माता पौडेलले बताए ।

निर्माता पौडेलले भने, “कम्पिटिसनका लागि प्राप्त भिडियोमध्येबाट उत्कृष्ठ आवाज पहिचान गरेर शीर्ष गीत गाउन दिइनेछ ।”

सहभागी हुन के छन् नियमहरूः–
– सबै उमेर समूहकाले भिडियो बनाउन पाउनेछन् ।
–एकल वा समूहमा भिडियो बनाउन सकिनेछ ।

सहभागी हुनेका लागि इन्टाग्राम, टिकटक र फेसबुकमा अपलोग गर्नुपर्नेछ ।
@7seasCinema मा ट्याग गर्नुपर्नेछ ।
– ह्यासट्यागहरू #RollNo1 #हरेकविद्यार्थीकोकथा #Jesta15 #RollNoTitlesong मा ट्याग गर्नुपर्ने छ ।

7Seas Cinema को Official YouTube मा रहेको “æRoll No=1 – Title Song मा आफुले गायर भिडियो बनाउनुपर्नछ ।
आफ्नो स्टाइल पनि थप्न सकिनेछ । तर मूल धुन चिनिने हुनुपर्नेछ ।

भिडियोको नियमहरूः–
– भिडियो २–३ मिनेटको हुनुपर्नेछ । भर्टिकल फर्याम्याटमा भिडियो बनाउनुपर्नेछ । आवाज प्रस्ट र आकर्षक प्रस्तुति हुनुपर्नेछ ।

स्वरको मूल्यांकनबाट ५० प्रतिशत (संगीत निर्देशकले मूल्यांकन गर्ने), सिर्जनात्मकताको स्तरमा ३० प्रतिशत, भिडियोमा आएको इन्गेजमेन्टद्वारा २० प्रतिशत नम्बर दिइनेछ ।

विजेताले पुरस्कार स्वरुप चलचित्र रोल नं १ को प्लेब्याक सिंगर बन्ने अवसर पाउनेछन् । स्टुडियोमा गीत गाउने मौका पाउने छन् भने सिनेमाको क्रेडिट लाइनमा नाम आउनेछ ।

‘पूर्ण बहादुरको सारङ्गी’ फेम्ड निर्माता पौडेलको सिनेमा ‘रोल नं १’ले विद्यार्थीको मनोविज्ञानको कथा भन्नेछ । अहिलेको शैक्षिक प्रणालीले बाल मनोविज्ञानमा पार्ने नकारात्मक प्रभाव र त्यसले उसको समग्र जिन्दगीमा पार्ने असरको कथा यो सिनेमामा हेर्न पाइनेछ ।

‘रोल नं १’ले जेठ १५ गते (गणतन्त्र दिवस)बाट नेपालभरका हलमा प्रदर्शन हुँदैछ ।

जोन योञ्जनको निर्देशनमा तयार भएको चलचित्रमा मुकुन भुसाल, सुशांक मैनाली, रेणु योगी, सिर्जना अधिकारी मुख्य भूमिकामा छ । चलचित्रको बाल–कलाकारमा निर्भिक रेग्मी, रिन्चेन लामा, संयम कटुवाल, सिजल श्रेष्ठ रहेका छन् ।

विनोद पौडेल र जान्वी पौडेल निर्माता रहेको चलचित्रको सह–निर्मातामा छत्रमाया गिरी र रमेश चौलागाईं छन् ।

यो चलचित्रलाई महेश दवाडीले लेखेका हुन् । हिमाली जिल्ला म्याग्दीका विभिन्न रमणीय तथा ग्रामीण भेगहरूमा छायांकन गरिएको यो सिनेमाको डीओपी शिव राम श्रेष्ठ रहेका छन् ।

चलचित्रमा प्रशान्त शिवाकोटीको संगीत, रोहित शाक्यको विजिएम, फिरोड खड्का चिफ एडी, प्रोडक्सन डिजाइनरमा कला संग्रौला र प्रोडक्सन हेड मनोज जोशी रहेका छन् । चलचित्रका सम्पादक मदन घिमिरे हुन् ।

निर्माता पौडेलका अनुसार यो चलचित्र नेपालका साथै विदेशमा पनि एकसाथ प्रदर्शनमा ल्याइनेछ । चलचित्रलाई रिच इन्टरटेन्मेन्ट र जे एम सिनेमाले वितरण गर्ने जिम्मा लिएको छ ।