‘प्रिन्स एन्ड प्रिन्सेस इन्टरनेशनल’मा चार बालबालिकाले जिते उपाधि
काठमाडौं । एउटै स्टेजमा एकसाथ चार विजेता छानिएका छन् । १५औँ ‘लिटिल प्रिन्स एन्ड प्रिन्सेस इन्टरनेशनल २०२६’मा सिनियर र जुनियर बालक र बालिका गरेर एकसाथ चार विजेता छानिएका हुन् ।
प्रतियोगितामा जुनियर ब्वाइज निल वंशल, जुनियर गर्ल शिवाना पाण्डेले शीर्ष उपाधि जित्दा सिनियर ब्वाईजतर्फ आर्सुअंश भण्डारी र सिनियर गर्लमा आरिका उप्रेती विजेता घोषित भए ।
प्रतियोगितामा जुनियर ब्वाइजतर्फ विश्व झा फस्ट रनरअप, नक्स सरावगी अग्रवाल सेकेन्ड रनरअप चुनिदा सेरोन थापा थड रनरअप र सौर्य रौनियार फोर्थ रनरअप भए । सिनियर ब्वाईतर्फ सुर्यान्स श्रेष्ठले फस्ट रनरअप, चिरन गोयल सेकेन्ड रनर अप, सम्वत संसार महर्जन थड रनरअप, सुशान्त राई फोर्थ रनरअप भए ।
प्रतियोगितामा सिनियर गर्ल तर्फ अनुस्का थापा फष्ट रनर अप, अमुल्य पन्त सेकेन्ड रनर अप, यादिमा राई थर्ड रनर अप र सुहाना घिमिरे फोर्थ रनर अप चुनिदा जुनयर गर्ल तर्फ आश्री आरएल कुवँर फष्ट रनर अप, सिवान्सी थापा सेकेन्ड रनरअप, अदिश्री आचार्य थर्ड रनर अप र सेजल पाण्डे फोर्थ रनर अप बन्न सफल भए ।




