सलिनले सार्वजनिक गरे ‘युनीभर्सटी अफ गुण्डाज्’को टिजर

काठमाडौं । सलिमान बनियाँले आफ्नो जन्म दिनको अवसर पारेर आफू अभिनित फिल्म ‘युनीभर्सटी अफ गुण्डाज्’को टिजरमा सार्वजनिक गरेका छन् । एक्सन जनरामा निर्माण भएको यो फिल्मलाई उनले आफ्नो जन्मदिन पारेर आफ्ना दर्शकलाई सरप्राइज स्वर टिजर रिलिज गरेका हुन् ।

ओएसआर डिजिटल युटुब च्यानलबाट रिलिज भएको १ मिनेट १२ सेकेण्ड लामो टिजरमा उनको एक्सन देख्न सकिन्छ । उनी फिल्म ‘यात्रा’पछि चुपचाप बसेका थिए ।

सान्भी इन्टरेटेन्टमेन्टको प्रस्तुतीमा निर्माण भएको यस फिल्मको उनको कमव्याकले फरक स्वाद पस्किएको छ । दर्शकमाझ लभर ब्वाईको रुपमा देखिदै आएका सलिमान ‘युनीभर्सटी अफ गुण्डाज्’मार्फत आफुलाई फरकधारमा प्रस्तुत गर्ने देखिन्छ ।

यस फिल्मको टिजरमा सलोन बस्नेतको पनि उस्तै एक्सनमा उत्रिएका छन् । पछिल्ला बनिरहेका फिल्म भन्दा फरक बनेको देखिन्छ ।

टिजरमा सलिमान र सलोन एकअर्काका साथी देखिएका छन् । आफ्नो ग्याङबाट कुनै सफलता हासिल गर्नका लागि लडाईं लडिरहेको टिजरमा देखिन्छ ।

सलिनमान बनियाँ आफैँले लेखेको यस फिल्मको स्टोरीमा सुरेश न्यौपानेले निर्देशन गरेका छन् । यस फिल्मको मुख्य भूमिकामा सलिमान, सलोन रहेको छन् । निर्माण पक्षले अन्य कलाकार र प्राविधिकहरुको नाम सार्वजनिक गरेको छैन । साथै निर्माण टिमले फिल्मको प्रदर्शन मिति पनि घोषणा गरेको छैन ।

यस फिल्मको ब्याकग्राउण्ड स्कोर रोमन बज्रचार्य रहेका छन् भने मेकअपमा मनोज लामा रहेका छन् । त्यसैगरि प्रोडक्सन म्यानेजर सुवास काफ्ले, असिस्ष्टेन प्रोडक्सन म्यानेजर केवलमान सिंह बस्नेतको छ । साउण्ड डिजाइनर मुकेश शाह रहेका छन् । यस फिल्मको भिएफएक्सको काम मनोज श्रेष्ठले गर्दैछन् । फिल्मको सम्पादन तथा ट्रेलरको काम बन्दे प्रसादले गर्दैछन्फि । फिल्मको कलरमा राजेन्द्र मोक्तानको छ भने फिल्मको स्क्रिन प्ले मन्दिप गौतमले गरेका छन् । डिओपीको काम सौरभ लामाले गरेका छन् ।