‘१२ गाउँ २’मार्फत २० वर्षपछि राज हमालको कमब्याक
काठमाडौं । निर्देशक तथा अभिनेता बिराज भट्टको हुप्रतिक्षित चलचित्र ‘१२ गाउँ २’मा पुराना तथा नयाँ कलाकारहरूको अभिनय रहनेछ ।
लामो समयदेखि चलचित्र क्षेत्रबाट टाढिएका अभिनेता राज हमाल करिब २० वर्षपछि पुनः नेपाली चलचित्रमा फर्किन लागेको जानकारी निर्माण टिमले दिएको छ । उनले यसअघि ‘बाटुली’, ‘जय शिव शंकर’, ‘म छुनी तिम्रो’ लगायत दर्जनौं चलचित्रमा अभिनय गरेका थिए ।
‘१२ गाउँ २’ मार्फत उनको पुनरागमन गर्ने भएका छन् । ‘१२ गाउँ’ मा अभिनेता बिराज भट्टको किक लागेर नाक भाँचिएको दृश्यपछि चर्चामा आएका कलाकार कालु राना पनि सिक्वेलमा निरन्तर रहने भएका छन् । पहिलो भागमा उनको भूमिकाले दर्शकको ध्यान तानेको थियो ।
निर्माण टिमका अनुसार चलचित्रको छायांकन अहिले धमाधम भइरहेको छ । एक्सन, ड्रामा र पारिवारिक भावनालाई समेटेर निर्माण भइरहेको चलचित्रलाई यस वर्षको दशैं फूलपातीको अवसर पारेर देशभर प्रदर्शन गर्ने तयारी गरिएको छ ।




