कलाकार संघको नयाँ नेतृत्वमा उत्तम, अन्य को-को चुनिए नयाँ कार्यसमितिमा ?

काठमाडौं । नेपाल चलचित्र कलाकार संघको नयाँ नेतृत्वका लागि भएको निर्वाचनमा उत्तम केसी विजयी भएका छन् । गएराति सम्पन्न अन्तिम मतपरिणामअनुसार प्रतिस्पर्धी सविन श्रेष्ठलाई ८४ मतान्तरले पछि पार्दै केसी अध्यक्ष पदमा निर्वाचित भएका हुन् ।

विजयी केसीले कुल २१६ मत प्राप्त गरे भने उनका निकटतम प्रतिद्वन्द्वी सविन श्रेष्ठले १३२ मतमा चित्त बुझाउनु पर्यो । निर्वाचनमा कुल ३५६ मत खसेको निर्वाचन समितिले जनाएको छ ।

संघको उपाध्यक्ष पदमा शिवहरि बैरागी र महिला उपाध्यक्षमा पूजना प्रधान विजयी भएका छन् । बैरागीले १४६ मत प्राप्त गर्दा प्रधानले १४४ मतका साथ जित सुनिश्चित गरिन् ।

त्यसैगरी, महासचिव पदमा सुनील कटवाल १९५ मतसहित निर्वाचित भएका छन् । सचिव पदमा भने गोपाल ढकालले सर्वाधिक २१४ मत प्राप्त गर्दै जित हासिल गरे ।

कोषाध्यक्षमा तेजुला खतिवडा १४९ मतका साथ विजयी भइन् भने सहकोषाध्यक्ष पदमा १६१ मत प्राप्त गर्दै पवन केसी निर्वाचित भएका छन् ।

सदस्यमा इन्द्रबहादुर लामा, चन्द्रकला दाहाल, चन्द्रकला राई, छुल्ठिम गुरुङ, जीवन थापा, दमन रुपाखेती, नवीनकुमार श्रेष्ठ, रश्मि भट्ट, श्रीदेव भट्टराई र सुलेमान शंकर ‘इकु विजयी भएका छन् ।