‘काजी’ र ‘मितज्यू’को अग्रिम बुकिङ खुला

काठमाडौं । यही जेठ ८ देखि प्रदर्शन हुने चलचित्र ‘काजी’ र ‘मितज्यू’को अग्रिम बुकिङ खुला भएको छ ।

‘काजी’ले क्यूएफएक्स सिनेमाजअन्तर्गका राइजिङ मल, पोखरा, विरगञ्ज, इटहरी, दमौली, विर्तामोड, नारायणघाट, नेपालगञ्ज, बुटवल र काठमाडौँमा विभिन्न हलमा टिकट खुलाइएको छ । सुरुवातमा क्यूएफएक्स सिनेमाजले उपत्यकामा १३ र उपत्यका बाहिर १७ सो गरी देशभर ३० सो दिएको छ ।

आइनआइ सिनेमाजले सिमरा, नवलपरासी, बुटवल र काठमाडौंका लोत्से मल, विश्वज्योति सिनेमाज र एनबी सेन्टरमा गरी १९ सो दिएको छ । वान सिनेमाजले ७ सो र बिग मुभिजमा २ सो गरी आजमात्रै ६० सो पाइसकेको छ । अन्य हलहरूले सो खुलाउन बाँकी छ ।

काजी र कजिनीको प्रेम कथामा बनेका फिल्मका निर्देशक लक्ष्मण रिजाल हुन् । फिल्ममा अभिनेता विपीन कार्की र अभिनेत्री केकी अधिकारी मुख्य भूमिकामा छन् । उनीहरूसँगै फिल्ममा गरिमा शर्मा, प्रकाश घिमिरे, हेमन्त बुढाथोकी, विशाल पहारी, विनोद न्यौपाने, रश्मी भट्ट, हिउँवाला गौतम, सन्दिपबाबु लोहनी, रोजी श्रेष्ठ, गंगा शर्मा, नवराज गिरी, बुद्धि सागर खनाल, प्रशंसा सुवेदी, कृतिका शर्मा र बाल कलाकार दिक्षिता अर्याललगायत कलाकारले अभिनय गरेका छन् ।

लेखक प्रदीप भारद्धाजको कथा रहेको फिल्मका निर्मातामा नेहान रिजाल, विकाशराज जोशी रहेका छन्। रामप्रसाद रिजालको प्रस्तुति रहेको फिल्म रिजाल एण्ड रिजाल प्रोडक्सनको ब्यानरमा निर्माण भएको हो ।

चलचित्र ‘मितज्यू’ले क्यूएफएक्समा ४१ शो प्राप्त गरेको छ । काठमाडौं उपत्यकाको आउटलेटमा १८ शो प्राप्त गरेको छ । उपत्यका वाहिरको आउटलेटमा २३ पाएको छ ।

जीएम मुभिज प्रोडक्सनको ब्यानरमा निर्माण भएको याे चलचित्रले देशभर १ सय २० शो प्राप्त गरेको छ ।

जनक घर्ती मगरद्वारा निर्मित तथा अनिल बुढामगर निर्देशित यस चलचित्रले हलहरूमा सुखद शो पाएको छ ।

एफक्युब चाबहिल, आइएनआईका बुटवल, नयाँ बानेश्वर, सिमरा, लोत्से मल र विश्वज्योतिसहित दाङ, बनेपा र कपिलवस्तुका सिनेमा हलहरूले बुकिङ खुलाइसकेका छन् ।

ग्रामीण परिवेशको सामाजिक कथावस्तुमा आधारित यस चलचित्रमा अभिनेता द्वय दयाहाङ राई र सौगात मल्लको मुख्य अभिनय रहेको छ भने चर्चित डान्सर तेरिया फौज मगरले यसै चलचित्रबाट अभिनेत्रीका रूपमा डेब्यु गरेकी छिन् । चलचित्रमा पुस्कर गुरुङ, शिशिर वाङ्देल, राज थापा लगायतका कलाकारहरूको समेत सशक्त अभिनय छ ।

शिशिर बिशंखेको छायांकन र लोकेश बज्राचार्यको सम्पादन रहेको छ ।