संसद्मा टेबुल हुँदै चलचित्र विधेयक
काठमाडौं । प्रतिनिधिसभाको बैठकमा आज चलचित्र विधेयक प्रस्तुत हुने भएको छ ।
बिहान ११ बजे बस्ने बैठकमा सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले राष्ट्रियसभामा उत्पत्ति भएको चलचित्र विधेयक, २०८२ माथि विचार गरियोस् भन्ने प्रस्ताव पेस गर्ने सम्भावित कार्यसूची छ ।
लामो समयदेखि यो विधेयक संशोधनसहित पास हुने अपेक्षामा चलचित्रकर्मी छन् । यो विधेयक पास भयो भने चलचित्र क्षेत्रमा धेरै सहज हुने बताइएको छ ।


