दिनेश लिङ्देन बने सर्वोत्कृष्ट निर्देशक

काठमाडौं । नेपाल आदिवासी जनजाति चलचित्र महासंघले चलचित्र विकास बोर्डमा आयोजना गरेको छैटौं ‘नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव २०८३’ मा निर्देशक दिनेश लिङ्देनले ‘सर्वोत्कृष्ट निर्देशक’को अवार्ड जितेका छन् ।

लिम्बू विधामा रहेको उनको फिल्म ‘रीत’बाट लिङ्देनले अवार्ड जितेका हुन् । यो फिल्मले ‘पब्लिक च्वाइस अवार्ड’ पनि जितेको छ । यो महोत्सव जेठ १७ गतेदेखि जेठ १९ गतेसम्म सञ्चालन भएको थियो ।

महोत्सवमा गुरुङ फिल्म ‘ङोल्स्यो रामरानी’ ले ‘उत्कृष्ट फिल्म’को अवार्ड जित्यो ।

मगर फिल्म ‘दिलसारा’बाट कल्याण रानामगर ‘उत्कृष्ट नायक’, नेवारी फिल्म ‘स्वयङ्गु’बाट भिन्तुना श्रेष्ठ ‘उत्कृष्ट नायिका’, तामाङ फिल्म ‘ह्याङ तामाङ’बाट सूर्य लामाले ‘उत्कृष्ट छायांकार’ घोषित भए ।

मगर भाषाको ‘लाहुरेनी’ले ‘उत्कृष्ट लघु चलचित्र’ वृत्तचित्र ‘आग्रे’ले वृत्तचित्र अवार्ड पायो ।

महोत्सवमा लिम्बुू, राई, थारु, गुरुङ, मगर, तामाङ, भुजेल लगायत अन्य विभित्र जातजातिको भाषा, संस्कृति र कलामा बनेका फिल्म, वृत्तचित्र, लघु फिल्महरु समावेश भएका थिए ।