हास्य कलाकार खेम शर्मा ‘चतुरे’को निधन
काठमाडौं । हास्य कलाकार खेम शर्माको निधन भएको छ । अमेरिकामा बस्दै आएका उनको आज बिहान निधन भएको हो ।
उनी लामो समयदेखि क्यान्सर रोगबाट पीडित थिए । उनको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको हो ।
‘चतुरे’ क्यारेक्टरबाट लोकप्रिय भएका उनले दर्जनौं टेलिचलचित्र र सिनेमामा काम गरेका थिए । उनको मृत्यु भएको कलाकारहरूले पुष्टि गरेका छन् ।
