वर एण्ड वधुको ‘रेड कार्पेट मिरर वाल्क’ प्रिमियरमा कलाकारदेखि नेतासम्मको घुइँचो (तस्बिरहरू)
काठमाडौँ । निर्देशक मिलन चाम्स निर्देशित चलचित्र ‘वर एण्ड वधु’को पोखरा प्रिमियर शोपछि काठमाडौंमा प्रिमियर शाको समारोहे आयोजना गरिएको थियो ।
बुधबार बेलुका ललितपुरस्थित क्यूएफएक्सको लबिम हलमा ‘रेड कार्पेट मिरर वाल्क’ भव्य प्रिमियर शो गरिएको हो ।
शुक्रबारदेखि देशभर प्रदर्शनमा आउन लागेको सिनेमाको भव्य प्रिमियर कार्यक्रम विशेष बनाउन निर्देशक चाम्सले प्रिमियरलाई कुनै कमी राखेका थिएनन्, जसले गर्दा ‘रेड कार्पेट मिरर वाल्क’ प्रिमियर कार्यक्रम निकै आकर्षक बोको थियो ।
उक्त प्रिमियर कार्यक्रममा चलचित्र क्षेत्रका विभिन्न व्यक्तित्व, पत्रकार, र राजनीतिज्ञहरूको उपस्थिति रहे। सिनेमाको प्रिमियरमा राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा०का अध्यक्ष राजेन्द्र लिङदेन, वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, नायिका मिरुना मगर, कलाकार पशुपति राई, निर्देशक ज्ञानेन्द्र देउजा, दीपाश्री निरौला, वसन्त निरौला, सुयोग गुरुङ, हाँस्य कलाकार केदार घिमिरे, जितु नेपाल, निर्माता सरोज न्यौपाने, र कलाकार उषा रजक लगायतको उपस्थिति थियो।
साथै, चलचित्रका मुख्य कलाकार आँचल शर्मा, किरण केसी, विवेक कर्माचार्य, कुसुम शर्मा, र विजु पार्की प्रिमियर शोमा सहभागी थिए।
प्रिमियरमा सिनेमा हेरेपछि राप्रपा अध्यक्ष लिङ्देनले चलचित्रलाई हरेक कोणबाट उत्कृष्ट रहेको बताउँदै सबैलाई हेर्नका लागि आग्रह गरे। वरिष्ठ कलाकार हरिवंश आचार्य र मदनकृष्ण श्रेष्ठले सिनेमाको दृश्य, कथा, कलाकारको अभिनय, र निर्देशनको खुलेर प्रशंसा गरे।
निर्देशक दीपाश्री निरौलाले समग्रमा सिनेमा उत्कृष्ट रहेको बताउँदै, आँखालाई शीतल दिने चलचित्र हेर्न पाएकोमा खुसी व्यक्त गरिन्। हाँस्य कलाकार केदार घिमिरेले सिनेमाको प्रशंसा गर्दै राम्रो बनेको प्रतिक्रिया दिए।
निर्देशक सुयोग गुरुङले निर्देशक मिलन चाम्सले दर्शकको चाहना अनुसार फिल्म बनाएको भन्दै आफूलाई फिल्म हेर्दा निकै रमाइलो लागेको बताए।
अभिनेत्री मिरुना मगरले सिनेमाकी मुख्य पात्र रहेकी आँचल शर्माको अभिनयको प्रशंसा गर्दै, उनको भूमिका दर्शकहरूको मन जित्ने विश्वास व्यक्त गरिन्।
प्रिमियरमा सहभागी उपस्थिति अतिथिले नव नायक विवेक कर्माचार्यको अभिनयको खुलेर तारिफ गरे, उनले आफ्नो प्रस्तुतीकरणमा नयाँपन नदेखिएको प्रतिक्रिया दिए।
यो चलचित्रले मल्टिप्लेक्समा राम्रो शो पाएकोले, भोलिबाट रिलिज हुने सिनेमालाई देशभरका दर्शकले मन पराउने अपेक्षा गरिएको छ।