दीपाश्री निरौलाको ब्रेन ट्युमरको सल्यक्रिया, के भन्छन् दीपक ?

काठमाडौं । कलाकार दीपाश्री निरौलाको ब्रेन ट्युमरको सल्यक्रिया गरिएको छ । उनको ब्रेन ट्युमरको सल्यक्रिया भएको कलाकार दीपकराज गिरीले पुष्टि गरेका छन् ।

डाक्टर वसन्त पन्तले उनको सल्यक्रिया गरेका हुन् । “यो साता हाम्रा लागि निक्कै चुनौतीपूर्ण र कठिन समय रह्यो । सुटिगंको बीचमा दीपाजीलाई ब्रेन ट्युमर भएको पत्ता लाग्यो त्यसपछि हामी अन्यौलमा पर्यौं । तुरून्त शल्यक्रिया गर्नु पर्नेभयो । धेरै ठाउँबाट भारत जाने सल्लाह पाइयो,” दीकराज गिरी भन्छन्, “तर अन्त्यमा नेपालकै अनुभवी डाक्टर वसन्त पन्तद्वारा शल्यक्रिया गर्ने निर्णय भयो ।”

दीपाको शल्यक्रिया सफलतापूर्वक सम्पन्न भएको पनि उनले बताएका छन् । “हाल, उहाँ आइसीयूबाट जनरल वार्डमा आएर स्वास्थ्यलाभ गर्दै हुनुहुन्छ ।”

दीपाश्री चलचित्र ‘६ माया छपक्कै २’को छायांकनमा थिइन् ।