अमेरिकाबाट फर्किएलगत्तै व्यस्त हुन थाले सुशांक

काठमाडौं । ‘टलकजंग भर्सेस टुल्के’ र ‘साँघुरो’ जस्ता चलचित्रमा काम गरेपछि एकाएका अमेरिका गएका सुशांक मैनाली अहिले नेपाल फर्किएर पुनः सिने कर्ममा लागेका छन् ।

‘जनै हराएको मान्छे’बाट सिने करिअरको दोस्रो इनिङ्स सुरु गरेका उनी अहिले बाक्लै संख्यामा चलचित्रमा देखिएका छन् । ‘जनै हराएको मान्छे’ पछि उनले ‘रोल नं १’मा अभिनय गरे ।

गत शनिबार ‘रोल नं १’ सिनेमाले प्रदर्शनको ५१औँ दिन मनाएको छ ।

अभिनयमा खारिएका सुशांक विनोद पौडेलले निर्देशन गरेको चलचित्र ‘भूठान’मा निर्माताको रुपमा थिए । निर्माताको अनुभव पनि उनले संगालिसकेका छन् ।

‘रोल नं १’ पछि उनी अहिले अरु चलचित्रको तयारीमा छन् ।

चलचित्र ‘आशा’मा पनि सुशांक मैनाली देखिँदै छन् । राजिव गुरुङले निर्देशन गर्न लागेको चलचित्रमा पनि सुशांक अनुबन्ध भइसकेका छन् । यो सिनेमाको हाल छायाकंन भइरहेको छ ।

सुुशांक विस्तारै एक पछि अर्को चलचित्रमा अनुबन्ध भइरहेका छन् । यसले उनी विस्तारै व्यस्त बन्दै गएको देखाउँछ । अमेरिकामा बस्दा भएको ग्यापका कारण सुरुका केही समय केही कम काम देखिए पनि उनी अहिले उनलाई भ्याइनभ्याइ हुने अवस्था देखिन थालेको छ ।

“केही वर्ष मेरो आफ्नै कारणले ग्याप भयो । हुन त म अमेरिका हुँदा पनि केही चलचित्र र पफर्मेन्सको काम नभएको होइन । तर, यहाँ बसेर गरेजस्तो धेरै भएन नै,” सुशांक भन्छन्, “तर, मेरो मन, मस्तिष्कमै अभिनय भएकाले केही समयको अन्तरालपछि आएको छु । आउनबित्तिकै दर्शक र मेकर दुबैले माया गरिदिनु भएको छ । यो नै मेरो लागि सबैभन्दा ठूलो कुरा हो ।”