दुई वर्षपछि ‘एक्का मिस्सी बास्सा’मार्फत कमब्याक गर्दै साम्राज्ञी
काठमाडौं । अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह दुई वर्षपछि चलचित्रमा कमब्याक गर्ने भएकी छन् । चलचित्र ‘एक्का मिस्सी बास्सा’ मार्फत उनी दुई वर्षपछि चलचित्रमा देखिने भएकी हुन् ।
मोहेनी देवी राईको प्रस्तुतिमा बन्ने चलचित्रमा दर्शकले सामाज्ञीलाई देख्न पाउनेछन् । आज काठमाडौैंमा यो चलचित्रको औपचारिक रूपमा घोषणा गरिएको छ । मोहेनी देवी राईको प्रस्तुतिमा बन्ने चलचित्रमा दर्शकले सामाज्ञीलाई देख्न पाउनेछन् ।
आज काठमाडौैंमा यो चलचित्रको औपचारिक रूपमा घोषणा गरिएको छ । यस चलचित्रलाई सञ्जय राईले निर्देशन गर्नेछन् ।
निर्माण टिमले यो सिनेमाका लागि अभिनेत्रीमा साम्राज्ञीलाई फाइनल गरेसँगै नायक भने अडिसनबाट छनौट गरिने बताएको छ ।
साम्राज्ञीलाई पछिल्लोपटक ‘लन्डन टु पेरिस’मा देखिएकी थिइन् । उनलाई स्पेशल अपेरियन्समा ‘बर एन्ड बधु’मा देखिएको थियो । चलचित्र ‘आहुती’को छायांकन गरे पनि रिलिज मिति तय भएको छैन ।



