अक्षराको ‘नाचौन बरिलै’मा न्यान्सी र रिस्ताको छमछमी
काठमाडौं । भदौ २६ गतेबाट प्रदर्शनमा आउने चलचित्र ‘अक्षरा’को तीज गीत ‘नाचौन बरिलै’रिलिज भएको छ ।
समीक्षा अधिकारीले गाएको यो गीतलाई सुरेन्द्र रानाले लेखेका हुन् । संगीत कर्णराज गिरीले भरेका छन् ।
गीतमा फिल्मका मुख्य अभिनेत्रीद्धय न्यान्सी खड्का र रिस्ता अधिकारीले नाचेका छन् ।
यो चलचित्रलाई विनयराज पौडेलले निर्देशन गरेका हुन् । यस फिल्ममा न्यान्सी खड्का,सुशील सिटौला,सुशील पोखरेल, पुष्कर राउत, रिस्ता अधिकारी, उत्तम केसी,अंशु महर्जन, गीता अधिकारी, वीरेन्द्र कुशवाहको अभिनय रहेको छ।
चलचित्रको मूल कथा निर्माता उग्रसेन आफैँले लेखेका हुन् भने पटकथा तथा संवाद अभिमन्यु निरवी र निर्देशक पौडेलले तयार पारेका हुन् ।



