बलिउडमा सबैभन्दा धनी शाहरुख, शीर्ष ५ मा को–को छन् ?
काठमाडौँ । बलिउडमा शाहरुख खान सबैभन्दा बढी धनी कलाकार हुन् । शुक्रबार सार्वजनिक भएको हुरुन इण्डिया रिच लिष्टमा शाहरुख सबैभन्दा बढी धनी कलाकारमा दर्ज भएका हुन् ।
शारुखको अहिलेको सम्पत्ति कुल ७३ सय करोड रहेको छ । शाहरुखले अभिनयबाट कमाउनेबाहेक उनको फिल्म प्रोडक्सन कम्पनी रेड चिलिज रहेको छ । आइपिएल टिम कोलकोता नाइट राइडर्स समेत उनकै हाे ।
बलिउडमा शाहरुख खानपछि उनकै विजिनेस पार्टनरसमेत रहेकी अभिनेत्री जुही चावलाको ४६ सय करोडको सम्पत्ति रहेको छ । जुही चावलाको शाहरुख खानसँग रेड चिलिज र कोलकोता नाइट राइर्ड्स दुवैमा साझेदारी छ ।
बलिउड अभिनेता ऋतिक रोशन तेस्रो स्थानमा छन् । ऋतिकको कुल सम्पत्ति कुल २ हजार करोड रहेको छ ।
ऋतिकपछि चौथो नम्बरमा अमिताभ बच्चन छन् । अमिताभको कुल सम्पत्ति १६ सय करोड रहेको पछिल्लो रिपोर्टमा उल्लेख छ । अमिताभ अभिनयबाहेक थुप्रै कम्पनीहरुमा रणनीतिक लगानी रहेको छ ।
पाँचौं स्थानमा बलिउडका निर्माता एवम निर्देशक करण जोहर छन् । करणको कुल सम्पत्ति १४ सय करोड रहेको छ । करण जोहरको मुख्य कमाई फिल्म निर्माण कम्पनी धर्मा प्रोडक्सन छ ।