बिपिशा र रोजी बने ‘मिस एन्ड मिसेस नेपाल इन्टरनेशनल वर्ल्ड
काठमाडौं । बिपिशा भट्टराई र रोजी श्रेष्ठ ‘मिस एन्ड मिसेस नेपाल इन्टरनेशनल वर्ल्ड २०२६’को विजेता बनेका छन् ।
समारी इन्टरनेशनलको आयोजना र बिहे सेवाको सहयोगमा सम्पन्न अविवाहित र विवाहित महिलाहरुबीचको सौन्दर्य प्रतियोगीता ‘मिस एन्ड मिसेस नेपाल इन्टरनेशनल वर्ल्ड २०२६’को ग्राण्ड फिनाले शनिबार साँझ राष्ट्रिय नाचघर जमलमा सम्पन्न भएको हो ।
नेपाली महिलाको नेतृत्व, व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धि, महिला सशक्तीकरण तथा नेपालको कला, संस्कृति र पर्यटनको प्रवर्द्धन गर्ने उद्देश्यका साथ आयोजना गरिएको यस प्रतियोगीतामा मिस र मिसेस गरी २० जनाबीच अन्तिम प्रतिस्पर्धा भएको थियो ।
देशभरबाट सहभागी भएका प्रतिभाशाली महिलाबीच विभिन्न प्रतिस्पर्धात्मक चरण, सांस्कृतिक प्रस्तुति, र्याम्प प्रस्तुति तथा विशेष कार्यक्रम सम्पन्न भएपछि निर्णायक मण्डलले उत्कृष्ट प्रतिस्पर्धीहरूलाई विभिन्न उपाधिबाट सम्मानित गरेको थियो ।
प्रतियोगिताको ‘मिस नेपाल इन्टरनेशनल वर्ल्ड २०२६’ को उपाधि बिपिशा भट्टराईले जितिन् भने नुमा फुङ सुब्बा प्रथम उपविजेता घोषित भइन्।
त्यसैगरी ‘मिसेस नेपाल इन्टरनेशनल वर्ल्ड २०२६’ को ताज रोजी श्रेष्ठले जितिन् । कल्पना प्रसाई प्रथम उपविजेता, सरिता राई द्वितीय उपविजेता, गम्भीर गंगा तृतीय उपविजेता तथा गीता देवी अर्याल चतुर्थ उपविजेता घोषित भए ।
विशेष विधातर्फ कल्पना राईले पब्लिक च्वाइस उपाधि, तीर्था कुमारी मगरले भिवर्स च्वाइसउ उपाधि तथा हिमा कुमारी राजवंशीले म्यानेजमेन्ट च्वाइस उपाधि प्राप्त गरिन् ।
यसै अवसरमा अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालको प्रतिनिधित्वका लागि राधा न्यौपाने ढकाललाई ‘मिसेस एसिया इन्टरनेशनल नेपाल’ तथा दुर्गा देवी थापालाई ‘क्लासिक मिसेस एसिया इन्टरनेशनल नेपाल’ को उपाधि प्रदान गरिएको थियो ।




